मान्छेहरू सपना आ-आफ्नो किसिमले सजाउँदछन्। व्यक्तिगत सपनाहरू,
पारिवारिक, सामाजिक, राष्ट्रिय अनि वर्गीय सपनाहरू हुन्छन् मानिसहरूको मानसपटमा।
कहिलेकाहिँ मान्छेहरू सपनाविहीन पनि हुनेगर्छन्। आज सिक्किमे समाजमा सजिएको एउटा
ऐतिहासिक सपनाको चर्चा गर्न जरुरी देखिन्छ। सपनाकै कुरा गर्नलाई हामीले कतै
टाढा-टाढाका उदाहरणहरू अनि अति गहिरा विषयका बुँदाहरू टिप्नैपर्ने आवश्कता पनि
पर्दैन। हामीलाई थाहै छ, डेढ दशकअघिको सिक्किमे समाजमा सपनाको कुन गति थियो। कस्तो
दशा थियो जनसपनाको किनकि त्यसबेला सपना खोसिएका थिए, विपना लुटिएका थिए। सपना बिनाको
समाज बढो डॉंवाडोल हुन्छ। त्यसैले सिक्किममा डॉंवाडोल स्थिति छाएको थियो कारण
त्यसबेला सबै सिक्किमे सपनाविहीन थिए। दुनियॉंले आफ्नो-आफ्नो मुलुक सजाउन थालिसकेको
थियो, छिमेकी राज्यहरूमा उन्नतिको ढोकाहरू खुलिसकेका थिए। अन्य राज्यहरूमा विकास
हुन थालिसकेको