Home

Archives

Samay Dainik Family

Important Phones

Advertisement

Other Newspapers

Contact Us

 चालक र टुर गाइड राज्यका दूत हुन्‌ ः मदन      सिक्किमका दुइ शिक्षकलाई राष्ट्रिय पुरस्कार      अस्थायी कर्मचारीको भविष्य अन्योलमय त नहोला!      स्वतन्त्रतासित पत्रकारिताको धर्म, मर्यादा र नैतिकता पनि हुनुपर्दछ ः एसडीएफ      सातवटा जल वितरण योजनालाई अनुमोदन      जडीबुटी ः राज्यवासीका लागि गतिलो आय-आर्जनको माध्यम बन्नसक्छ      आत्महत्या गर्न बाध्य हुनैपर्ने अवस्था छैन सिक्किममा      एक महिना आठ दिनव्यापी वितक चर्चाको समापन      माखादेखि लिङ्‌मो-लिङ्गी सडक मार्ग बन्द यथावत      एसएलएसएको एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न      रमानाजुल मुबारकको अवसरमा मुस्लिम धर्मावलम्बीले गरे नमाज अदा      तिन्तेक खण्ड विकास कार्यालयमा साक्षरता अभियान विषय सभा      शान्ति ज्ञान यज्ञ अनुष्ठान आयोजन गर्ने विषयमा सभा    

समाचार

 
 
 
   
 
 
   
 
 
 
Send News & Articles  
Correspondent Login  
 
   
 
 
   
 

Max. Temp.21:1oC
Min. Temp.18:6oC
Sunrise05:05 AM
Sunset18:09 PM
Rainfall11:7MM
 

2010-11 मुख्यमन्त्रीद्वारा सिक्किम विधानसभामा पेश गरिएको बजेट अभिभाषण

 

मुख्यमन्त्री एवं वित्त प्रभारी मन्त्री पवन चामलिङद्वारा 27 जुलाई, 2009-को दिन सिक्किम विधानसभामा पेश गरिएको बजेट अभिभाषण

नाम
 
  Photo not available  नाम अर्जुन पीयूष  
   व्‍यवसाय  
   ठेगाना  
   फोन  
   ई-मेल  

एसडीएफको चिम्टे माटोको पर्खाल तोड्‌न सहज छैन

एसडीएफको चिम्टे माटोको पर्खाल तोड्‌न सहज छैन
अर्जुन पीयूष
विश्वका ठूला शक्तिहरूको एक राष्ट्र भारतमा अहिले चुनाउ उत्सव जोरतोेडमा छ। अहिले सबै राजनैतिक दलहरू आफूलाई कसरी शक्तिशाली र दर्बिलो बनाउने सोचमा लागिपरेका छन्‌। यसै सन्दर्भमा फलाना ठूलो दल फलाना सानो दल भन्ने प्रश्नभन्दा माथि सानाहरूले आफूलाई कसरी ठूलो राजनैतिक दल बनाउने अनि ठूलाहरूले आफूलाई कसरी अझ शक्तिशाली बनाउने क्रममा कम्मर कसाइमा लागेको देखिन्छ। भारतको सिमानामा आक्रमण हुँदा होस्‌ वा भारतभित्रै बाहिरी शक्तिहरूको तहस-नहस पार्ने कोशिशसॅंग कसरी एकजूट भएर लड्‌न सकिन्छ भन्ने प्रमाण भारतका सबै राजनैतिक दलहरूले मुम्बई आक्रमणको समयमा देखाइसकेका छन्‌। तर चुनाउ उत्सवमा यी कुरा अघि आउँदैनन्‌ अनि आउनु पनि हुँदैन। गणतन्त्रमा कसरी गणतान्त्रिक ढङ्गमा आफूलाई बलशाली (राजनैतिक तहमा) बनाउन सकिन्छ त्यतामात्र धेर जागरूक हुनुपर्छ भन्ने कुरा आजका राजनैतिक दलहरूले बुझिसकेका छन्‌।
सबैलाई सर्वविदित छ आजको समय गठबन्धनको युग हो। यस्तो समयमा सबैको शक्तिलाई सन्तुलित रूपमा राख्नुपर्ने हुन्छ। यसैले भारतमा सानाभन्दा साना राजनैतिक दलहरूलाई पनि थाहा छ आफ्नो शक्तिको सीमा। त्यही शक्तिको सीमालाई विस्तारित गर्नचाहन्छन्‌ राजनैतिक दलहरू। यस्तै कुराहरूलाई ध्यानमा राख्दै सायद शरद पवारको राष्ट्रवादी कंग्रेस पार्टी पनि सिक्किम पसेको छ। दार्जीलिङ समष्टिमा आफ्नो खुट्टा पसार्न विमल गुरुङसित सम्झौता गर्ने पक्षमा उ रहेको घोषणासॅंग यसै पार्टीका एक कर्मठ सदस्य अनि एकताकाका लोकसभा अध्यक्षसमेत रहिसकेका पी. ए. साङ्‌मा भ्रमणमा छन्‌। तर साङ्‌माले एउटा कुरा बुझ्नुपर्छ सिक्किममा न त कुनै दिन राष्ट्रिय दलले शासन गरेको थियो न त भविष्यमा नै कुनै त्यस्तो सम्भावना देखिन्छ।
यसरी नै भाजपा जुन हिसाबमा सिक्किम भित्रिएको छ, यसबाट उसलाई लाभभन्दा धेर हानि नै देखिन्छ। किनभने दल एउटा, नीति एउटै भए पनि दुइ राज्यमा उ अलग-अलग प्रकारले भित्रिएको छ। यो दल दार्जीलिङ समष्टिमा गोर्खाहरूलाई गोर्खाल्याण्ड दिने सपनाका साथमा अनि सिक्किममा मुख्यमन्त्रीको विदेशी नागरिकको मामिला (उसको आफ्नो सोचाइमा) पक्रिएर। तर उनीहरूले यति बुझ्नुपर्छ- दार्जीलिङ र सिक्किमको सिमाना मात्र अलग हो। अन्य कुनै क्षेत्रमा विविधता पाइँदैन। यहॉं र वहॉंका वासिन्दा नेपाली भाषा बोल्छन्‌, दुवै ठाउँका रैथानेहरूको रहन-सहन, रीति-थिति, बोली-व्यवहार र सोच पनि एकै प्रकार पाइन्छ, सांस्कृतिक विरासतमा पनि कुनै पृथकता पाइँदैन भने एउटा ठाउँको कुनै व्यक्तिको नागरिकतामाथि प्रश्न उठाउँदा अर्को ठाउँको मानिसको चित्त दुख्छ कि दुख्दैन? यदि यसो नभएको भए डूवर्सका आदिवासीमाथि वा असमका आदिवासीमाथि उत्पीडन र अत्याचार हुँदा झारखण्डका नेतालाई नदुख्नेपर्ने थियो तर उनीहरूलाई नराम्ररी दुखेको प्रमाण देखिएको छ। यसरी सिक्किममाथि वा सिक्किमका कुनै पनि नागरिकमाथि अनर्गल आरोप आइलाग्दा दार्जीलिङलाई अवश्यै दुख्छभने दार्जीलिङवासी वा त्यहॉंका नेतामाथि अचाहिँदो व्यवहार हुँदा सिक्किमलाई पनि अवश्यै दुख्छ। यसकारण राष्ट्रिय भारतीय जनता पार्टीले भन्दा धेर सिक्किम भाजपाले आफ्नो सकारात्मक सोच बनाउन जरुरी देखिन्छ। बल्छी पाइयो भन्दैमा बल्छीमा माछा परिहाल्दैन, माछा पार्न कलाकारिता पनि चाहिन्छ। अरूको नागरिकतामाथि आक्षेप लगाउनभन्दा पहिले भाजपा नेता लालकृष्ण आडवाणीको नागरिकतामाथि पनि सवाल उठाउन सक्नुपऱ्यो। उनी कहॉंका हुन्‌ भन्ने कुरा भारत सरकारलाई समेत थाहा छ।
कंग्रेस पनि यसपालि पनि देशमा आफ्नै नेतृत्त्वमा केन्द्रमा सत्तारूढ हुने दाउमा देखिन्छ। सोही दाउमा च्यॉंखे थापेर वा भजाएर सिक्किम कंग्रेस पनि मिन्तोकगाङमा पुग्ने चेष्टामा रहेको बुझिन्छ। यसको निम्ति राज्य कंग्रेसले पनि सोनिया गान्धी, राहुल गान्धीजस्ता ब्राण्डेड नेताहरूलाई सिक्किममा झिकाउने कुरा पनि मौकिख बयानहरू सुन्न पाइँदैछ। तर सिक्किमको इतिहासलाई केलाउनपर्दा हिजो पनि यहॉंको जनताले राज्य बाहिरको दललाई स्वीकारेका थिएन भने भोलि पनि इतिहास त्यही दोहोरिने तय छ। इतिहासमा परिवर्तन ल्याउन निकै ठूलो निर्णय हुन आवश्यक छ, जस्तो 1994-मा देखा परेको थियो। व्यक्तिमाथिको पूर्वाग्रह र आफ्नो निजी स्वार्थको निम्ति मात्र गरिएको आन्दोलनको कुनै औचित्य रहॅंदैन। जबसम्म आम मानिसहरूका व्यवहारसॅंग सम्बन्धित मुद्दाहरूलाई अघि ल्याइँदैन, तबसम्म सत्ताको सपना देख्न त पाइन्छ तर आफ्नो सपना साकार पार्न सहज देखिँदैन। सत्ता लोलुपतामा परी सस्तो सपना बेच्नका निम्ति ज-जसलाई मैदानमा उतारे पनि अनि जस्तै महारथीहरूलाई बोलाए पनि जनताका सरोकारका विषयलाई आत्मसात नरिए त्यो राजनीतिलाई पङ्‌गू उपमा दिनसकिन्छ। हिजोसम्म जनताको घर-दैलोमा जान अछुत मान्नेहरू उनीहरूको आँगनलाई अजात ठान्नेहरू आज जनताका साकिलो बन्न खोज्दैमा जनताले विश्वास गरिहाल्छन्‌ भन्ने भ्रम पाल्नु मुनासिब छैन। जनताले चारैतिरबाट फ्यॉंकेपछि पनि चित्त नबुझेकाहरू आज चुनाउताका "हामी तपाईंकै मान्छे\' भनेर जॉंदैछन्‌ र उनीहरू कुन उद्देश्य लिएर आफू अघि आएका हुन्‌ भन्ने कुरा बुझ्न आम जनतालाई गाह्रो पर्दैन।
सिक्किममा अर्को दल पनि देखा परेको छ। जसका नेताले आफूलाई सिक्किमको राज ठाकरे भन्दै फलाकिरहेका छन्‌। महाष्ट्रमा राज ठाकरेले के-के गरे त्यो यी नेतालाई थाहा छ कि छैन उनै जानून्‌ तर यदि यहॉं पनि उनले राज ठाकरेले झैं व्यवहार गरे भने वा त्यस्तै नीति अप्नाए भने आम जनताअघि सिक्किम विरोधीका रूपमा उभिन के बेर!
यसै पनि सिक्किम भारतको 22 औं अङ्ग भएको 30 वर्ष नाघिसक्दासम्म 1975 ताकाका जनता छैनन्‌ अब 2009-का जनता। आम जनताका अघि तथाकथित रूपमा साकिलो बन्न खोज्ने राजनैतिक दलहरूले यी कुराहरू समयमै बुझेको राम्रो हुनेछ। अर्कोतिर स्थानीय नेताहरू पनि सत्ताको कुर्सीसम्म पुग्न जोरतोर कोशिशमा छन्‌। सिक्किम हिमाली राज्य परिषद्‌, जो आफ्नै नीतिमा समेत विश्वस्त छैन, जसलाई जनताको पक्षमा के बोल्दा राम्रो र के बोल्दा नराम्रो हुन्छ भन्ने कुराको पनि ज्ञान छैन अनि अदृश्य शक्तिको बलमा हामी सत्तामा आउँछौं भन्ने बयान र दिल्लीले हामीलाई हरियो झण्डा देखाउँदैछ भन्ने मनगढन्ते नाराबाजीकै आधारमा उनीहरू कसरी सत्तामा आउँछन्‌ उनीहरू नै जानून्‌ तर जनतालाई राम्ररी थाहा छ सत्तामा कसलाई ल्याउनुपर्ने हो। उसको हक र हितको निम्ति सही काम जसले गरिदिन्छ, उसका हितसॅंग सम्बन्धित विषयहरूलाई जसले उठाएर ती समस्याहरूको निदान दिन्छ उसलाई सत्तामा ल्याउन कुनै तूफान आए पनि सिक्किमे जनता पछि सर्ने छैनन्‌, यो कुरा निश्चित छ। आफ्ना नानीहरूका निम्ति कसले सामल दिन्छ, कसले स्कूल पढाउनमा मद्दत गर्छ, कसले उनीहरूको जीवनलाई नजिकबाट बोध गर्छ त्यही दललाई सत्तामा ल्याउनेछन्‌ उनीहरूले।
जात र धर्मको राजनीतिले न त देशमा कुनै परिवर्तन ल्यायो न त सिक्किममा नै ल्याउनेछ। सद्‌भावनाका दूतहरू चारैतिर फिँजिएका समयमा दुइ-चार अतत्त्वहरूले जात र धर्मलाई अघि सारेर राजनीति गर्दैमा कुनै दल सत्तामा आउनेवाला छैन। यस्ता कुरा भारतीय स्तरमा पनि देखिएको छ।
चुनाउताका विभिन्न नाउँमा राजनैतिक दलहरू खोलेर धन कमाउने धन्धामा लाग्नेहरू पनि देखा परेका छन्‌। उनीहरूको अन्तिम उद्देश्य के हो त्यो पनि सिक्किमेली जनतालाई राम्ररी थाहाछ। पार्टी खोलेको दुइ महिना नबित्दै एउटै पार्टीबाट केही व्यक्ति चुट्टिएर एउटा दलतिर अनि केही व्यक्ति अर्को दलतिर जान्छन्‌ भने उनीहरूको उद्देश्य के हो यहॉं बताइरहन आवश्यक होला र!
वर्तमानमा सत्तासीन दल एसडीएफलाई किन भोट दिनचाहन्छन्‌ जनताले भन्ने प्रश्न टड्‌कारो रूपमा देखा पर्छ। आजको स्थितिसम्म सिक्किमेली जनताले एसडीएफ अध्यक्ष पवन चामलिङको विकल्प कुनै दलका नेतामा पाएका छैनन्‌। सिक्किमले विगत 15 वर्षमा जे-जति विकास गऱ्यो त्यतिको विकास आजसम्मको अन्य सरकारमा भएको जनताले पाएका छैनन्‌। आफ्नै आमा बाबुले छोरा-छोरीको भलो जसरी चिताउँछन्‌ त्यतिको भलो पवन चामलिङले पनि सोचिदिएकाले पनि उनीप्रतिको विश्वास डगमगाउन सकेको छैन। राज्यलाई देशको राजधानीका ठूला नेताहरूका अघि जसरी उभ्याएका छन्‌ चामलिङले त्यस्तै कार्य अन्य सरकारबाट हुननसकेका घटनाहरू पनि आमा मानिसका नजरबाट लुक्न सकेको छैन। आज जसरी सिक्किमले गरेका कामहरूको सिको अन्य राज्यहरूले गर्दै आएका छन्‌ त्यो पनि जनताको नजरमा छ। अन्य स-साना कुराहरू, जसले सिक्किमलाई स्थापित गराउने काम गरेको छ त्यसको हिसाब-किताब गर्न यहॉं सम्भव छैन।
यसैकारण निष्कर्षमा के भन्नसकिन्छ भने एसडीएफ चिम्टे माटोले बनिएको पर्खाल हो, यसलाई तोड्‌न त्यति सहज अवश्यै छैन। हॉंडी बनाउने कुम्हालेले पनि आफ्ना भॉंडा बनाउनका निम्ति बलियो माटोको नै जोहो गर्छ, त्यसरी नै एसडीएफ पार्टीले पनि आफ्नो जनाधारको निम्ति बलियो माटोको खोजी गर्दै त्यसैबाट आफ्नो पर्खाल निर्माण गरेको छ। यसलाई तोड्‌ने प्रयास अन्य दलका गर्नसक्छन्‌ तर सक्नु-नसक्नु उनीहरूको नीतिमाथि निर्भर रहने कुरा हो। रहर गर्ने अधिकार सबैलाई छ तर अधिकार पाइयो भन्दैमा आम जनताको टाउकामा कुल्चने प्रावधान कसैका निम्ति खुल्ला छैन। चुनाउमा कोही पनि उठ्‌न पाउँछ, जित्न पाउँछ हार्न पनि पाउँछ। रहर सबैले पूरा गर्न पाउँछन्‌ तर पाइयो भन्दैमा कसैमाथि नचाहिँदा आरोप लगाउँदा अनि अर्काले निर्माण गरेको सिँढीमा आफू चढ्‌न खोज्नु घातक पनि हुन्छ भन्ने कुरा सत्तामा पुग्नचाहने र सत्ताको सपना देख्नेहरूले बुझ्न सक्नुपर्छ।

Publication Date : 14-03-2009
1
   
 
 
 
   

 
   

 
 

Copyright : Samay Dainik, Sikkim Daily News Paper, Tadong, Gangtok East Sikkim Email: samaygtk@yahoo.com>

Maintained by Dipendra Dewan, Contact 98325 67244/9002009155; Email: dip_dewan@yahoo.com

powered by : Rumtek Technologies