Home

Archives

Samay Dainik Family

Important Phones

Advertisement

Other Newspapers

Contact Us

 चालक र टुर गाइड राज्यका दूत हुन्‌ ः मदन      सिक्किमका दुइ शिक्षकलाई राष्ट्रिय पुरस्कार      अस्थायी कर्मचारीको भविष्य अन्योलमय त नहोला!      स्वतन्त्रतासित पत्रकारिताको धर्म, मर्यादा र नैतिकता पनि हुनुपर्दछ ः एसडीएफ      सातवटा जल वितरण योजनालाई अनुमोदन      जडीबुटी ः राज्यवासीका लागि गतिलो आय-आर्जनको माध्यम बन्नसक्छ      आत्महत्या गर्न बाध्य हुनैपर्ने अवस्था छैन सिक्किममा      एक महिना आठ दिनव्यापी वितक चर्चाको समापन      माखादेखि लिङ्‌मो-लिङ्गी सडक मार्ग बन्द यथावत      एसएलएसएको एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न      रमानाजुल मुबारकको अवसरमा मुस्लिम धर्मावलम्बीले गरे नमाज अदा      तिन्तेक खण्ड विकास कार्यालयमा साक्षरता अभियान विषय सभा      शान्ति ज्ञान यज्ञ अनुष्ठान आयोजन गर्ने विषयमा सभा    

समाचार

 
 
 
   
 
 
   
 
 
 
Send News & Articles  
Correspondent Login  
 
   
 
 
   
 

Max. Temp.21:1oC
Min. Temp.18:6oC
Sunrise05:05 AM
Sunset18:09 PM
Rainfall11:7MM
 

2010-11 मुख्यमन्त्रीद्वारा सिक्किम विधानसभामा पेश गरिएको बजेट अभिभाषण

 

मुख्यमन्त्री एवं वित्त प्रभारी मन्त्री पवन चामलिङद्वारा 27 जुलाई, 2009-को दिन सिक्किम विधानसभामा पेश गरिएको बजेट अभिभाषण

ShowNews

खेलकूद

अन्तिम प्रि-क्वार्टरमा राङ्‌का स्कूल-बी र तिम्प्याङ विजयी
समय संवाददाता- गान्तोक, 9 अगस्त। राङ्‌का उच्चत्तर माध्यमिक स्कूलको खेल मैदानमा चलिरहेको \"भिलेज लेबल\' फूटबल प्रतियोगिता अन्तर्गत आज अन्तिम दुइ प्रि-क्वार्टर फाइनल खेल सम्पन्न भयो। एमबी छेत्रीको मुख्य आतिथ्यमा सम्पन्न आजको दुइ म्याचमा राङ्‌का स्कूल-बी शून्य को विरुद्ध 3 गोल र तिम्प्याङ शून्यको विरुद्ध 5 गोलले विजयी बनी क्वार्टर फाइनलमा प्रवेश गरेका छन्‌। आजको पहिलो म्याचमा राङ्‌का स्कूल (बी) र साउथहल युनाइटेडबीच भीडन्त भएको थियो भने दोस्रो म्याचमा मलङथाङ बिग र तिम्प्याङबीच प्रतिस्पर्धा भएको थियो। पहिलो म्याचमा राङ्‌का स्कूल-बीको पक्षमा प्रथमार्द्धमा रोलेन लेप्चा जर्सी नम्बर 10 र रोशन राई जर्सी नम्बर 9 ले एक-एक गोल गरेका थिए भने उत्तरार्द्धको खेलामा वाङ्‌दी भोटिया जर्सी नम्बर 15 ले पेनल्टीद्वारा अन्तिम गोल गरेर प्रतिद्वन्द्वी साउतहल युनाइटेडलाई शून्यको विरुद्ध 3 गोलले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो। त्यसैगरी आजको दोस्रो खेलामा तिम्प्याङको पक्षमा के थेक्छेन जर्सी नम्बर-7 र के. तोब्जाङ जर्सी नम्बर 9 ले प्रथमार्द्धमा एक-एक गोल गरेर 2-0 ले अघि रहेको थियो भने उत्तरार्द्धमा के. थेक्छेनले 2 गोल र के. तोब्जाङले पॉंचौं तथा अन्तिम गोल गरेर आफ्नो दललाई विजयी बनाएका थिए। 10 अगस्तदोखि शुरु हुने पहिलो दिनको क्वार्टर फाइनल अन्तर्गत पहिलो म्याचमा साम्तोङ र फेञ्जोङ विश्
राङ्का फूटबल प्रतियोगिताः तिम्प्याङ बोइज र नाम्गेल बोइज अघिल्लो चरणमा
समय संवाददाता गान्तोक, 4 अगस्त। 64 औं स्वतन्त्र दिवसको उपलक्ष्यमा राङ्का उच्चत्तर माध्यमिक स्कूलको खेल मैदानमा चलिरहेको भिलेज लेबल फूटबल प्रतियोगिताको आज दोस्रो दिन भएको पहिलो प्रतियोगितामा तिम्प्याङ बोइजले चेलेञ्जरलाई 6-2 ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ। स्वतन्त्रता दिवस समारोह आयोजक समिति, राङ्काद्वारा आयोजन गरिएको यस प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलामा नाम्गेल बोइजका खेलाडीहरूले इगल सेवेनलाई 3-0 पराजय गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। आजको पहिलो खेलको पहिलो हाफमा चेलेञ्जरको पक्षमा गञ्जे राईले एक गोल गरेका थिए भने तिम्प्याङ बोइजको पक्षमा कर्मा तेञ्छेनले एक गोल गरी खेल बराबर भएको थियो। दोस्रो हाफको खेलमा चेलेञ्जरको पक्षमा छविलाल गुरुङले एक गोल गरेर आफ्नो दललाई अघि बढाए पनि तिम्प्याङ बोइजको पक्षमा कर्मा तेञ्छेनको थप 2 गोल अनि कर्मा तेक्छुक र कर्मा नोर्गे को एकएक गोललाई पछ्‌याउन नसक्दा चेलेञ्जरका खेलाडीहरूले हार स्वीकार गर्नु परेको हो। आजको पहिलो खेल अन्तर्गत चेलेञ्जरका खेलाडी गञ्जे राईलाई पहेंलो कार्ड देखाइएको थियो। यसरी नै इगल सेवेन र नाम्गेल बोइज माझ भएको भीडन्तमा प्रथम हाफमा नाम्गेल बोइजका जर्सी नम्बर 14, तेम्पाले एक गोल गरी आफ्नो दललाई 1-0 ले अघि बनाएका थिए भने उत्तरार्धको खेलमा दललाई अझ बलियो पक्षमा पुऱ्याउदै जर्सी नम्बर 9 खेलाडी पेम्छुले 2 गोल गरेर आफ्नो दलको विजय निश्चित गराएका थिए। आफ्नो दलको विजय भए पनि आफ्नो पक्षमा पहिलो गोल गर्ने तेम्पालाई पहेंलो कार्ड देखाइएको थियो। प्रतियोगिताको तेस्रो दिन 4 अगस्तको हुने दुइवटा खेल मध्ये पहिलो खेला धजे र राङ्का स्कूलबीच हुनेछ भने दोस्रो खेल अन्तर्गत मलङ्‌थाङ र राङ्का राईगाउँ बीच भीडन्त हुनेछ।
सेडो बोइज र दराप फूटबल अकादमी सेमीफाइनलमा
गेजिङ, 25 जुलाई। यहॉंको क्योङसा खेल मैदानमा स्थानीय फूटबल क्लब योङ बोइजद्वारा आयोजित लीग फूटबल खेल प्रतियोगिताको आज भएको पहिलो क्वार्टर फाइनल खेलको पहिलो म्याचमा चुम्बुङ बोइजले सेडो बोइजको सामना गरेको थियो। यस म्याचमा सेडो बोइजले आफ्नो प्रतिद्वन्द्वी चुम्बुङ बोइजलाई तीनकोविरुद्ध पॉंच गोलले परास्त गर्दै प्रतियोगिताबाट बाहिरको बाटो देखाएको छ भने सेडो बोइजले प्रतियोगिताको सेमीफाइनल चरणको खेल खेल्ने अवसर प्राप्त गरेको छ। अति रोमाञ्चित पहिलो क्वार्टर फाइनल खेलमा सोडो बोइजको तर्फबाट अर्पण राईले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। उनले यो गोल खेलको 18 मिनटमा गरेका थिए। अर्पण राईलाई पछ्‌याउँदै टीमका अर्का खेलाडीले चन्दन राईले खेलको 30 औं मिनटमा अर्को गोल थप्दै टीमलाई 2-0 को दह्रो स्कोरमा पुऱ्याउन सफल रहे। उनीपछि खेलको 41 औं मिनटमा टीमका एक अन्य खेलाडी विद्या सागर राईले मैदानमा उत्कृष्ट एवं तीव्र खेल प्रदर्शन गर्दै क्रमैले 41 र 43 औं मिनटमा एक-एक गोल गरी टीमको गोल स्कोरलाई चार बनाइदिए। टीमका निम्ति अन्तिम गोल भने सिसिर सुब्बाले गरेका थिए। उनले खेलको 55 औं मिनटमा एक गोल गर्न सफल रहे। आजको पहिलो क्वार्टर फाइनलबाट पराजित बन्दै प्रतियोगितादेखि बाहिर हुनपुगेको दल चुम्बुङ बोइजको पक्षमा भने खेलाडी साम्तेन भोटियाले क्रमशः 10 औं, 59 औं र 68 औं मिनटमा गोल गर्दै टीमको स्कोरलाई 5-3 गराउन सफल रहे। तर उनीद्वारा गरिएको सो तीन गोलले भने टीमलाई प्रतियोगिताको अघिल्लो चरणमा भने पुऱ्याउन सकेन र टीम पराजित बन्दै प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो। आजै सम्पन्न दोस्रो क्वार्टर फाइनल खेलमा दराप फूटबल क्लबले सिनोल्चू क्लब तिग्जेकलाई 4-0 गोल अन्तरले पराजित गर्दै प्रतियोगितादेखि बाहिरको बाटो देखाइदिएको छ। क्योङसा खेल मैदानमा अति उत्साह साथ सम्पन्न भएको प्रतियोगिताको दोस्रो क्वार्टर फाइनल म्याचमा दरापको पक्षबाट गोल गर्ने खेलाडीमा सुख हाङ सुब्बा 32 र 69 औं मिनट, दिपेन तामाङ 43 र 75 औं मिनट रहेका छन्‌। यी दुइ खेलाडीद्वारा गरिएको चार गोलको सहायतामा दराप फूटबल अकादमीले प्रतियोगिताको अघिल्लो चरणको खेलमा प्रवेश गरेको छ। प्रतियोगिताको भोलि हुने म्याचको पहिलो भिडन्तमा लिङचोम बोइजले इआर एकादशको सामना गर्नेछ भने भोलि नै हुने दोस्रो म्याचमा आरएमडीडी एकादश क्योङसा बोइजविरुद्ध मैदानमा उत्रनेछ। सिक्किम महिला राष्ट्रिय फूटबल प्रतियोगिताको सेमीफाइनलमा गान्तोक, 25 जुलाई। सिक्किमको महिला फूटबल टोलीले अण्डर-19 आयुवर्गको 9 औं राष्ट्रिय महिला जुनियर फूटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। चण्डीगढको पञ्जाब इञ्जीनियरिङ कलेजमा जारी यस प्रतियोगिताको अन्तिम क्वार्टर फाइनलमा आज उत्तर प्रदेशलाई शून्यकोविरुद्ध 4 गोलले परास्त गर्दै राज्यले प्रतियोगिताको सेमीफाइनलमा स्थान बनाएको हो। म्याचको 15 औं मिनटमा सिक्किम टोलीकी कप्तान निमा लह्मू भोटियाले पहिलो गोल गरेर आफ्नो टीमलाई बढत दिलाएकी थिइन्‌ भने उनीद्वारा गोल गरिएपश्चात लगत्तै पॉंच मिनटपछि म्याचको 20 औं मिनटमा टीमका अर्का खेलाडी रणमाया राईले दोस्रो गोल गरेकी थिइन्‌। राज्यका खेलाडीले उत्तरप्रदेशविरुद्ध जीत दर्ता गर्नका निम्ति मैदानमा धेरै पसिना बगाउनु परेको टीमका प्रशिक्षक पाल्देन भोटियाले चण्डीगढबाट गान्तोकका पत्रकारलाई फोनमार्फत जानकारी दिएका छन्‌। राज्यका खेलाडीहरू मौसममा आएको परिर्वतनको समस्यासॅंग जुझिरहेको पनि प्रशिक्षकले बताएका छन्‌। मौसमका कारण राज्यका खेलाडीहरूले आफ्नो क्षमतालाई दर्शाउन पाइरहेका छैनन्‌ भन्ने उनले बताएका छन्‌। यसरी नै आजको पूर्वाद्धसम्मको खेलमा सिक्किम 2-0 गोलले अघि थियो भने उत्तरार्द्धको खेलमा दुवै पक्षका खेलाडीहरूले धेरै सङ्‌घर्ष गरेर म्याच खेलेका थिए। उत्तरार्द्धको खेलमा उत्तर प्रदेशका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे पनि सिक्किमेली टोली अघि उनीहरूको केही जोर चलेन। म्याचको 60 औं मिनटमा सिक्किमकी मङ्गमित लेप्चाले तेस्रो गोल गरेर टीमको स्कोरलाई 3-0 गरिदिइन्‌। म्याचको 75 औं मिनटमा राज्यकी खेलाडी पवित्र लिम्बूले राज्यको तर्फबाट चौथो तथा विजयी गोल गर्दै राज्यलाई 4-0 द्वारा प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गराउन सफल रहिन्‌। भोलि मणिपुर र उडिसामाझ खेल सम्पन्न हुनेछ भने यस म्याचको विजेता दलले आगामी 28 जुलाईमा सिक्किमसॅंग भिडने प्रशिक्षक भोटियाले जानकारी दिएका छन्‌। आजको म्याचमा सिक्किमले उत्कृष्ट खेल प्रदर्शन गरेको पनि उनले जानकारी दिएका छन्‌।
बास्केटबलको फाइनल सम्पन्न
समय संवाददाता- दर्जीलिङ, 1 जुलाई। फस्ट नर्थ-ईस्ट करिडर बास्केटबल प्रतियोगिताको अन्तिम फाइनल खेल गत 30 जूनको दिन सम्पन्न भयो। फाइनल खेलमा दार्जीलिङ मुस्ताङ अनि सिक्किम होप स्ट्रेसमाझ सम्पन्न भयो। जसमा मुस्ताङ दार्जीलिङले सिक्किम होप स्ट्रेसलाई 27-21 पोइण्टले परास्त गऱ्यो। सिलगढी बास्केटबल एसोसिएशन (एसबीबीए) द्वारा आयोजित यो बास्केट बल प्रतियोगिताको सिलगढीको एक स्कूलमा सम्पन्न भएको थियो। जसमा दार्जीलिङबाट दुइवटा दल, सिलगढीबाट दुइवटा, अनि सिक्किम राज्यबाट दुइ वटा गरी कूल 6 टीमले भाग लिएका थिए।
टिन्स युनाइटेड क्लब विजयी
समय संवाददाता- दार्जीलिङ, 2 जून। दार्जीलिङ गोर्खा हिल स्पोर्टस्‌ एसोसिएशन (डीजीएचएसए) को आयोजनामा भइरेहको दुइ डिभिजनको फूटबल प्रतियोगिताको सातौं दिनको खेलमा आज सेकेण्ड डिभिजनको खेलमा टिन्स युनाइटेड क्लब (टीयुसी) ले जवहार फूटबल क्लब (जेएफसी)लाई 8-0 गोलले पराजित गऱ्यो। यसरीनै नयॉं ज्योति युथ क्लब (एनजेयुसी) ले युथ आरकेएसपीलाई 5-0 गोलले विजय गऱ्यो। हिजोको खेलमा सेकेण्ड डिभिजन सुदेन लामा स्मारक लीग फूटबल प्रतियोगितामा सुपर स्टार क्लबले कर्णाली फूटबल क्लबलाई 3-1 गोलले पराजित गऱ्यो भने राइजिङ स्टार क्लबले माउण्ट हर्मन स्कूललाई 6-0 गोलले परास्त गरेको थियो।
बक्सिङमा सिक्किमको चुनौती समाप्त
गान्तोक, 2 जुलाई। चेन्नईमा चलिरहेको 26औं जुनियर पुरुष राष्ट्रिय बक्सिङ च्याम्पियनशीप प्रतियोगिताको क्वार्टर फाइनल खेलमा छत्तीसगढका प्रतिद्वन्द्वीलाई पराजित गर्दै भारतीय शिवसेना दलको प्रतिनिधित्व गर्दै त्यहॉं पुगेका सिक्किमे खेलाडी पपु तामाङले प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन्‌। गत 30 जूनदेखि तामिलनाडू अमेच्योर बक्सिङ एसोसिएशनद्वारा आयोजना गरिएको यस च्याम्पियनशीपमा पपुले तीन राज्यका खेलाडीहरूलाई परास्त गर्दै सेमीफाइनलमा प्रवेश गरेका हुन्‌। उनले भोलि सेमीफाइनल चरणको खेलमा तामिलनाडूका खेलाडीसॅंग भिड्‌नुपर्ने छ। यस्तै प्रकारले आजै भएको उक्त प्रतियोगिताको अर्को क्वार्टर फाइनल चरणमा सिक्किम अमेच्योर बक्सिङ एसोसिएशन (साबा) लाई प्रतिनिधित्व गरेर गएका खेलाडी शुकराज राईले पराजयको सामना गर्नुपरेको छ। आजै सम्पन्न भएको उक्त प्रतियोगिताको अर्को क्वार्टर फाइनल म्याचमा उनले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको भए तापनि निर्णायक मण्डलीले खेलाडीको व्यक्तिगत प्रदर्शन हेरेर हार-जीतको निर्णय लिएका थिए। राज्यको प्रतिनिधित्व गर्दै गएका तीन खेलाडीमध्ये दुइले प्री क्वार्टरफाइनल चरणसम्मको यात्रा मात्र तय गरेका थिए भने शुकराज राईले पनि क्वार्टर फाइनल चरणमा आएर पराजयको सामना गर्नुपरेको छ। शुकराजराईको हारसॅंगै उक्त प्रतियोगिताबाट सिक्किमे खेलाडीको चुनौती पनि समाप्त भएको छ र अब भारतीय शिवसेना दलका खेलाडी पपु तामाङबाट एउटा पदकको आशा राखिएको साबाका प्रमुख प्रशिक्षण एवं दल प्रबन्धक जशलाल प्रधानले समय दैनिकलाई फोनमार्फत जानकारी गराएका छन्‌।
123456789101112131415
   
 
 
 
   

 
   

 
 

Copyright : Samay Dainik, Sikkim Daily News Paper, Tadong, Gangtok East Sikkim Email: samaygtk@yahoo.com>

Maintained by Dipendra Dewan, Contact 98325 67244/9002009155; Email: dip_dewan@yahoo.com

powered by : Rumtek Technologies