|
|
|
ShowNews
|
सिक्किम सेरोफेरो -
पश्चिम सिक्किम |
| # भारतीय गोर्खा परिसंघको नेतृत्व विकास शिविर सम्पन्न | | समय संवाददाता
गेजिङ, 11 जनवरी।
पश्चिम सिक्किमको गेजिङ बर्मेक समष्टिअन्तर्गत लेगसेप किरातेश्वर शिवालय मन्दिरमा गत 8 जनवरीदेखि शुरु भएको भारतीय गोर्खा परिसंघको नेतृत्व विकास शिविरको समापन समारोह सम्पन्न भयो। भागोप एवं मिशन जाग्रत समाजको संयुक्त तत्वावधानमा आयोजित यस शिविरमा राज्यका चारै जिल्लाबाहेक पश्चिम बङ्गालका दार्जीलिङ, कालेबुङबाट पनि प्रशिक्षणार्थीहरूको सहभागिता रहेको थियो। तीन दिवसीय शिविरमा कालेबुङका नाट्य भूषण एवं मिशन जाग्रत समाजका राष्ट्रिय निर्देशक सीके श्रेष्ठ प्रमुख स्रोत वक्ताको रूपमा उपस्थित थिए। शिविरको दिक्षान्त समारोहमा राज्यका पूर्व सांसद नकुलदास राई मुख्य अतिथिको रूपमा उपस्थित थिए। समापन समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि पूर्व सांसद नकुलदास राईले भारतीय गोर्खा परिसंघले ठूलै कार्य गर्दै आइरहेछ भन्दै यो एउटा वृहत समाजिक सङ्गठन हो, जसले सारा भारतीयको हित र सुरक्षाको निम्ति कदम उठाएको छ। भारतीय गोर्खाहरूको निम्ति कर्मठ सिपाहीको रूपमा परिसङ्घका कार्यकर्ताहरूको कार्य चलिरहेको छ जसले सम्पूर्ण भारतीय गोर्खाहरूको चिन्हारी खोज्ने काम गरेको उनले बताए। उनले अझ भने, भागोप कुनै राजनैतिक विषयले समेटिएको संघ होइन, यसलाई राजनीतिको कोल्टे दृष्टिले हेर्नु नहुने बताए। संसारका विभिन्न प्रान्तमा गोर्खाको अस्तित्व छ, जसले गर्दा गोर्खा जातिले आफ्नो पहिचानलाई अझ तीव्र पार्नु पर्छ भने। समारोहमा अन्य बाहेक सीपी गिरी, डा. कमल गुरुङ, डा. अर्जुन अधिकारी, दिवस लामा आदिले पनि सम्बोधन गरे।
यस्तै प्रकारले भागोपका सम्पूर्ण सदस्य टोलीद्वारा किरातेश्वर शिवालय मन्दिर समिति र मानव सेवा समितिलाई अभिनन्दन गर्ने कार्य गऱ्यो। यसरी तीन दिन शिविरमा भाग लिने कूल 45 जना प्रशिक्षार्थीहरूमध्ये 4 जनालाई शिविरको विषयमा बोल्ने मौका दिइयो। सम्पूर्ण टोलीलाई प्रतिनिधित्व गर्दै गोवरधन गुरुङ, लक्ष्मण भट्टराई, रोजी निरौला र सोम बहादुर राईले तीन दिने शिविरको औचित्यबारे बताए। नाट्य भूषण सीके श्रेष्ठले गोर्खा परिसंघ एक ब्राण्ड हो, संसारका व्यक्तिले भारतीय गोर्खा ब्राण्ड भनेर चिन्नुपर्छ भन्ने विषयमा बताए। मुख्य अतिथिको बाहुलीबाट प्रशिक्षणार्थीलाई प्रमाण पत्र वितरण गरियो भने आजीवन सदस्य लिने व्यक्तिहरूलाई पनि प्रमाण पत्र दिइयो। एस पाण्डेद्वारा सञ्चालित कार्यक्रममा मानव सेवा समितिका सभापति बीबी राईले धन्यवाद ज्ञापन राखे।
| | # एमआर कर्मचारीसित विधायकले गरे सभा | | गेजिङ, 11 जनवरी।
पश्चिम सिक्किमको याङथाङ समष्टिका विधायक एवं कृषि बागवाणी विभागका अध्यक्ष पीएल सुब्बाले आफ्नो समष्टिमा पर्ने एमआर कर्मचारीलाई निम्ताएर एक विशेष छलफल राखेका छन्। यस समष्टिमा पर्ने प्रत्येक एमआर कर्मचारीले बीपीएल चामल नलिएर यस्तो सहुलियत पाउनु पर्ने समष्टिका अन्य गरीबवर्गलाई प्रदान गरौ भन्ने आह्वान गरे। यस्तै प्रकारले जो दैनिक अवस्थामा छ त्यस्ता परिवारलाई यो सुविधा दियौ भन्ने विषयमा उनले बल दिए। आगामी दिन सम्पन्न हुने जनता मेलामा पनि समष्टिका यस्ता परिवारलाई चयन गरेर यो सुविधा उपलब्ध गराउनु पर्ने आह्वान पनि गरे।
| | # माघे मेला तथा उत्सवका निम्ति तयारी जोरथाङ तयार हुँदैछ | | जोरथाङ, 17 दिसम्बर।
लगभग 6 दशक पुगिसकेको सांस्कृतिक चाड माघे संक्रान्तिको मेला जोरथाङले सञ्चालन गर्दै आइरहेछ। संक्रान्तिको जगेडा गर्न जोरथाङ र जोरथाङवासी किञ्चित पछि सरेका छैनन्। शान्तिप्रिय राज्यको एक राज्य स्तरीय पर्वको रूपमा मनाइने माघे संक्रान्ति मेला यसपालि पनि धुमधामसॅंग मनाउन नवगठित समिति लागिपरेको छ। सालघारी-जुम समष्टिका विधायकको अथक प्रयासमा सञ्चालन हुनगइरहेको 2010 सालको माघे मेलाका अध्यक्ष जिल्लापाल, मूल सचिव मेघनाथ दाहाल तथा सहसचिव एचबी गुरुङको तत्परतामा धेरै उपसमितिको गठन गरिएको छ। सांस्कृतिक मेला भएकोले सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सल्लाहकार रोशन राई, अध्यक्ष ध्रुव लोहागण, सचिवा श्रीमती रजनी पेगा तथा प्रचार-प्रसार सचिव गोविन्द लोहागण रहेका छन्। यसरी नै खेलकूद, व्यापार-वाणिज्य, सर-सफाई तथा विभिन्न अन्य जरुरी कार्यका निम्ति पनि उपसमितिहरू गठन गरिएका छन्। यसपालिको आकर्षणमा केही परिवर्तन गरिएको छ। जसमा प्रायः सबै क्षेत्रमा स्थानीय कलाकार, व्यापारी तथा स्थानीय खेलाडीलाई प्राथमिकता दिइने भएको छ साथै आगन्तुक व्यापारीको सुविधालाई विशेष ध्यान दिइने भएको छ। आगामी 14 जनवरीदेखि विधिवत शुरु हुने मेलाको अन्त्य 17 जनवरीको दिन गरिने निर्णय समितिले लिएको छ।
14 जनवरीको दिन सिक्किमका मुख्यमन्त्री पवन चामलिङद्वारा विधिवत उद्घाटन गरिने यस मेलामा 14 तारिख नै फूटबल खेलको फाइनल खेलाइनेछ। वरिष्ठवर्गको यस खुल्ला फूटबल टुर्नामेण्टमा नगद राशि तथा पारितोषिक प्रदान गरिनेछ। मेलाभरि दिउँसोको कार्यक्रममा सांस्कृतिक विभाग, सिक्किम सरकार कलाकार तथा विभिन्न अन्य राज्यबाट आएका कलाकारले विभिन्न राज्यका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर मनोरञ्जन दिनेछन् भने सॉंझको कार्यक्रम खुबै रोचक रहनेछ, जसमा पहिलो दिन 14 जनवरी, 2010 सिक्किमका ख्यातिप्राप्त कलाकारहरूको साङ्गीतिक प्रस्तुति स्वर सङ्गम \"हिजोदेखि आजसम्म\', 15 जनवरी अन्तर समष्टि (निवार्चन क्षेत्र) सिक्किमेली पारम्परिक भेष-भूषा प्रतियोगिता \"हाम्रोे भेष\' प्रस्तुत गरिने भएको छ। 16 जनवरी नाच्यो बाबरीका केही समूह तथा स्थानीय नृत्य टोलीद्वारा नृत्य कार्यक्रम \"बारूली कम्मर भॉंचन\' प्रस्तुति तथा 17 जनवरीको सॉंझको कार्यक्रममा प्रबल संगीत संस्थानको संयोजनामा साङ्गीतिक सॉंझ प्रस्तुत हुनेभएको छ। मिना मेला, रोटे पिङ तथा अन्य आकर्षक खेलसमेत सारस मेला, पुष्प प्रदर्शनी, विभिन्न सिक्किमेली जात-जातिका पारम्परिक खाद्य-व्यञ्जन, विभिन्न सरकारी विभागीय तथा बागवाणीका सामग्रीको प्रदर्शनीलगायत धेरै रोचक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित बाल प्रदर्शनी प्रतियोगिताको पनि समावेश गरिने निश्चय समितिले लिएको छ।
| | # पौषे मेलामा नीलकण्ठको प्राणप्रतिष्ठा | | गेजिङ, 15 दिसम्बर।
तीन दिने धार्मिक पर्यटन उत्सव एवं पौषे मेला सोमबारदेखि गेजिङ बर्मेक समष्टिअन्तर्गत राङसाङ बगर चन्दाबुङमा शुरु भयो। उद्घाटन समारोहमा क्षेत्र विधायक एवं विधानसभा उपाध्यक्ष एमबी दाहाल मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने साथमा मानव सेवा समितिका सभापति बीबी राई, समितिका सदस्य एचबी प्रधानलगायत अन्यको उपस्थिति रहेको थियो। समारोहमा नवनिर्मित बुडानीलकण्ठको प्राण प्रतिष्ठा गरेपछि विविध पूजा गरियो। पूर्व विधायक एवं वर्तमान पर्यटन बोर्डका अध्यक्ष एनके सुब्बाको परिकल्पनामा तयार गरिएको भारतकै एक बहुचर्चित पर्यटक स्थल बन्नपुगेको चन्दाबुङ राङसाङको बुढा नीलकण्ठ धाममा शुरु गरिएको धार्मिक उत्सव विविध कार्यक्रममाझ आजदेखि आरम्भ भएको छ। नागमाथि सुतेका विष्णु बुढा नीलकण्ठ नेपालबाहेक दोस्रो सिक्किम राज्यको प्रथम मानिन्छ। ग्रामीण पर्यटनलाई आधार बनाएर निर्माण गरिएको उक्त स्थान केही महिना अघिदेखि नै भीडभाडको रूपमा मानिसको आवत-जावत शुरु भएको बताइएको छ। कूल 16 लाखको धनराशि बराबरमा निर्माण भएको उक्त धाममा अझ व्यापकता दीप र ग्रामीण पूर्वधारको रूपमा संरक्षण गर्न स्थानीयले बुढा नीलकण्ठ धाम समिति बनाई पौषे मेलाको रूपमा धार्मिक पर्यटन उत्सव आयोजन गरिएको बताउँदै पौषे औंशीलाई मान्यता दिएर पितृश्राद्ध गरी राङसाङ बगरलाई देवस्थलको रूपमा परिवर्तन गर्दै अब उसो पितृश्राद्ध गर्न विभिन्न तीर्थ घुम्न नपर्ने उद्देश्य लिएको पनि जनाएका छन्।
|
|
|
|