|
|
|
ShowNews
|
सिक्किम सेरोफेरो -
दक्षिण सिक्किम |
| # हप्तामा एकदिन सफाई अभियान चलाउँदै जिल्लापाल कार्यालयमा रिपोर्ट बुझाउने निर्देश | | नाम्ची, 28 जुलाई।
प्रत्येक विभागलाई हप्ताको अन्तिम दिन अर्थात शनिबारको दिन विभागीय परिसरमा सफाई अभियान चलाउने विषयमा जिल्लापाल कार्यालयबाट जारी गरिएको निर्देशलाई गम्भीरतापूर्वक नलिएको दक्षिण जिल्लाका जिल्लापाल एके सिंहले बताएका छन्। उनले सम्बन्धित विभागका अधिकारीलाई हप्तामा एकदिन सफाई अभियान चलाउने र यसको रिपोर्ट जिल्लापाल कार्यालयमा बुझाउने पुनःनिर्देश दिएका छन्। प्राकृतिक आपदा विषयलाई लिएर विभागीय प्रमुखलाई लिएर हिजो बसेको बैठकमा जिल्लापाल सिंहले उक्त निर्देश दिएका हुन्।
मनसुनको आगमनलाई ध्यानमा राख्दै गत महिना गठित जिल्ला स्तरीय राहत समिति (डीएलआरसी)-को सभा 27 जुलाईको दिन जिल्लापाल एके सिंहको अध्यक्षतामा सम्पन्न भएको छ। प्राकृतिक प्रकोप सम्बन्धित विषयलाई लिएर आयोजना गरिएको यस सभामा विभिन्न विभागीय प्रमुखको पनि उपस्थिति रहेको थियो।
उक्त अवसरमा जिल्लापाल एके सिंहले प्राकृतिक प्रकोप विषय क्षतिपूर्ति र अन्य प्रस्तावको कार्य आगामी दिनमा खण्ड प्रशासनिक केन्द्रबाट तयार गरिने बताए। उनले विभागीय प्रमुखलाई सम्बन्धित क्षेत्रका खण्ड प्रशासनिक केन्द्रबाट प्राकृतिक प्रकोप विषय उपलब्ध गराइने अनुदान राशि, राहत राशिको विस्तृत जानकारी उपलब्ध गराउने निर्देश दिँदै प्राकृतिक प्रकोपले क्षति भएको अन्नबाली, घर आदिको क्षतिपूर्ति भुक्तानीका निम्ति बील डीएलआरसीमा बुझाउने र यो निश्चित समयावधिमा पूरा गर्ने बताएका छन्। उनले डीएलआरसीमा आउन अघि खण्ड स्तरमा प्राकृतिक प्रकोपको प्रस्ताव तयार गरिनुपर्ने विभागीय अधिकारीलाई निर्देश दिएका छन्।
यसै गरी हालै प्रधानमन्त्री ग्राम सडक योजनाअन्तर्गत सडक निर्माण गर्दा हुने क्षतिपूरण डीएलआरसीभित्र नपर्ने बताउँदै यस विषयमा बीएसी स्पष्ट हुनुपर्ने र क्षतिपूर्तिको दाबी गर्ने जनसाधारणले पीएमजीएसवाईका प्राधिकृतसॅंग गर्नुपर्ने स्पष्टिकरण पनि जिल्लापालले दिएका छन्। सभामा निजी कार्यको निम्ति सञ्चालित विभिन्न कार्यक्रमबाट उत्पन्न हुने फोहोर-मैला र माटो आदिको सही स्थानमा प्रबन्धन गरिनुपर्ने विषय विभागीय अधिकारी सचेत भएर प्राकृतिक आपदालाई नियन्त्रण गर्नुपर्ने बताएका छन्। यस विषयमा विभागीय अधिकारीले विशेष गरी शहरी विकास तथा आवास विभागले ध्यान दिनुपर्ने र वर्षाको समयमा जताततै माटो थुपार्न नदिने निर्देश दिएका छन्।
| | # लिम्बू भाषा अध्ययन केन्द्र शुरु | | नाम्ची, 22 जुलाई।
स्थानीय अगमसिंह पथ भञ्ज्याङ रोड परिसरमा सिक्किम याङथुङ सापसोक सङजुम्बो (एसवाईएसएस) दक्षिण सिक्किमले आजदेखि लिम्बू भाषा अध्ययन केन्द्र शुरु गरेको छ। यस अध्ययन केन्द्रको उद्घाटन आज एसवाईएसएसका अध्यक्ष डीआर लिम्बूले गरे। यस केन्द्रमा कुनै पनि जाति र लिङ्गका इच्छुक व्यक्तिले लिम्बू भाषाको अध्ययन गर्नचाहेमा भर्ना उपलब्ध गराइने बताइएको छ। उद्घाटन कार्यक्रमको अवसरमा नाम्ची सरकारी कलेज कामराङका सहायक प्रो. बीएल कामधाक (लिम्बू भाषा)-ले भाषासम्बन्धी आफ्नो अनुभव राखेका थिए। अध्ययन केन्द्रमा बलहाङ लिम्बूलाई प्रशिक्षकका रूपमा नियुक्ति गरिएको छ भने कार्यालय अधिकारीको रूपमा एलडी लिम्बूलाई नियुक्ति गरिएको छ।
उद्घाटन कार्यक्रमको अवसरमा पदमसिंह सुब्बा \"अपतन\'-को निधनमा गहिरो शोक प्रकट गर्दै दुइ मिनटको निम्ति मौन धारण गर्दै मृतकको आत्मालाई चिर शान्ति प्राप्त होस् भनी कामना गरिएको छ। कार्यक्रमलाई महासचिव आर. सुब्बाले पनि सम्बोधन गरेका थिए। | | # एसडीएफ सोरेङ शाखाको सभा सम्पन्न | | सोरेङ, 15 जुलाई।
पश्चिम सिक्किम सोरेङ, च्याखुङ पञ्चायत घरमा अखिल सिक्किम प्रजातान्त्रिक मजदूर मोर्चा सोरेङ शाखाको तत्वावधानमा एक विशेष सभाको आयोजना यसै समितिका जिल्ला उपाध्यक्ष रञ्जीत सुब्बाको सभापतित्वमा सभा सम्पन्न भयो। आजको सभामा यसै समितिका (शाखा) सभापति राजेन गुरुङ, रितुप्रसाद दाहाल सल्लाहकार, अशोक राई उपसभापति, संयुक्त सचिव सुश्री लिनु खालिङलगायत समितिका सबै सदस्यगण उपस्थित रहेका थिए।
यस सभा बमोजिम यसै सङ्गठनका परिचय पत्र आगामी 10 अगस्तसम्म बनाइसक्नुपर्ने सोरेङ शाखाका सभापति राजेन गुरुङले जोर दिए। यसै सभाको सन्दर्भमा च्याखुङ निवासी एग्रीकल्चर विभागका पेम्बा लेप्चा साथै सडक, पुल अनि श्रम विभागका च्याखुङ निवासी रामसिंह विश्वकर्मलाई उपसल्लाहकारको रूपमा चयन गरियो। आज बसेको यसै सभामा उपस्थित समूहलाई सम्बोधन गर्दै सभापति राजेन गुरुङले भने, अखिल सिक्किम प्रजातान्त्रिक मजदूर मोर्चाका सोरेङ शाखाभित्रका जति पनि सदस्यहरू छन् त्यसभित्र परेका सदस्यहरूलाई निकट भविष्यमा कुनै दुर्घटनामा परी मृत्यु भएमा सो ही परिवारले सो नोकरी पाउनुपर्ने प्रावधान राख्दै यस विषयलाई सङ्गठनले नै प्राथमिकता दिनुपर्ने कुरामा जोर दिए। | | # सब्जीको मूल्य हप्तैपिछे अकाशिँदैछ | | गेजिङ, 15 जुलाई।
अहिले भने यहॉंको मुख्यालय बजारमा लाग्ने हाट प्रत्येक साग-सब्जीको मूल्य बढ्दै जॉंदैछ। गत हप्ताको तुलनामा यो हप्ता हरियो साग-सब्जीसहित टमाटरको मूल्य 10 रुपियॉं महॅंगो भएको छ। गत साता टमाटर प्रतिकिलो 30 रुपियॉंसम्म थियो भने यो साता 40 रुपियॉं प्रतिकिलो भएको छ। एउटा इस्कुसको मुण्टा 2 रुपियॉं गोटा पर्दछ भने तिते करेला, लौका, सिँबी, बिँइ, इस्कुस, आलु, फर्सी, कॉंक्रालगायत अन्य सब्जीहरू यो मौसममा प्रशस्त निस्कने भए पनि मूल्य भने आ-आफ्नै छ। यहॉं सातामा दुइपल्ट हाट लाग्छ तर प्रत्येक हाटमा सब्जीको मूल्य घट्नु होइन बडेर आकाश छुएको छ।
सानु रकमले साताभरि सब्जी खान हम्मे परेको कतिपयले गुनासो गरेका छन्। एकातिर बागवाणी विभागले बेमौसमी खेती गरी सिलगढीबाट आउने सब्जीभन्दा दोब्बर यहॉंको उत्पादन बढाउनु पर्छ अनि सुलभ मूल्यमा बजार व्यावसाय गराउनु पर्छ भन्ने नारा लिएर गाउँ घुम्छ भने अर्कोतर्फ गाउँले कृषकले भने सुनकै मूल्यमा साग-सब्जी र टमाटर बजारमा फिजाउँछन्। कॉंक्रा केही वर्षअघि 5 रुपियॉं गोटा बिक्री नहुने अहिले प्रतिगोटा 50 -सम्म बिक्री हुँदैछ भने फर्सी 20-30 रुपियॉं, इस्कुस 30 रुपियॉं प्रतिकिलो बिक्दैछ भने अरू सब्जीले पनि अहिले बजारमा ठूलै भाउ पाएको छ। |
|
|
|