|
|
|
ShowNews
|
फिचर |
| पर्यटकहरूको आकर्षण सिक्किम | | अर्जुन राई
गान्तोक, 24 जून।
\"सिक्किमको धन हरियो वन, स्वर्गको फूलबारी।\'
सानो र सुन्दर राज्य सिक्किमको प्राकृतिक सुन्दरतामा यस घडी पर्यटकहरूले खुबै मनोरञ्जन उठाइरहेका छन्। विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घाले त्यसै पनि परिचित हाम्रो राज्य, यहॉंको वन-जङ्गल, चरा-चुरूङ्गी, झरना-पहाड, जस्ता प्राकृतिक सुन्दरताले भरिभराउ भएकोले राज्य तथा देशबाहिरबाट घुम्न आउने पर्यटकहरू यसबाट रमेको देख्न पाइन्छ। अझ मन्दिर, गुम्पा, गिर्जा घरहरूले यहॉंको धार्मिक आस्थालाई बलियो बनाउनका साथै मुख्य पर्यटन केन्द्रका रूपमा पनि रहेकाले यसबाट पनि उनीहरू रमाइरहेको हामी अनुभव गर्न सहजै सक्छौं।
सिक्किमको प्राकृतिक सुन्दरताको साथमा सिक्किम सरकारद्वारा चालिएको राज्य सुन्दरीकरणको कार्यले अझ यहॉंको सुन्दरतामा सुनमा सुगन्ध थपिएको भान भइरहेको छ। सिक्किम भ्रमणको निम्ति आउने पर्यटकहरू राजधानी गान्तोक र गान्तोक वरिपरिका मुख्य आकर्षक केन्द्र बनेको एमजी मार्गमा सॉंझ-बिहान होस या मध्यान्ह जतिबेला पनि यहॉं घुम्ने, फोटो खिचाउने र फूल हेर्नेहरूको भीड लागेको देखिन्छ भने गान्तोक वरिपरिका पर्यटन केन्द्रहरूमा वर्षा यामको शुरु भइसक्दा पनि पर्यटकहरूको आगमन उत्तिकै देखिन्छ।
राज्यको पूर्व जिल्लाअन्तर्गत गान्तोक वरिपरिका पर्यटन केन्द्रहरूमध्ये पुरानो र विश्व चर्चित रूम्तेक गुम्पा मुख्य रहेको छ। बौद्ध धर्मावलम्बीहरू मुख्य धार्मिक केन्द्रको साथसाथै रूम्तेक गुम्पा सिक्किमकै एक प्रमुख पर्यटन केन्द्रको रूपमा चिनिन्छ। गान्तोकदेखि 24 किलोमिटर टाडामा रहेको यस गुम्पामा वर्षा-झरीको शुरुआत भइसक्दा पनि पर्यटकहरूको भीड अझै उस्तै देखिन्छ। गुम्पामा आइ पूजा-पाठ गर्ने र आफूले चिताएको अथवा मागेको पुग्छ भन्ने आस्था राखी प्रार्थना गर्नेहरूको जति भीड देखिन्छन् उतिकै भीड देखिन्छ यहॉं घुम्ने र फोटो खिचाउने देशी-विदेशी पर्यटकहरूको। गुम्पाको मुख्य प्रवेशद्वारबाट टिकट लिएर भित्र प्रवेश गर्ने बित्तिकै भेटिने मैदान (जहॉं छाम नाच पनि गरिन्छ)-को माझमा रहेको \"पिलर\' माथि ढक्का (शिक्का) पैसा फ्यॉंकेर चढाउनमा तल्लिन रहेका अझै पनि देखिन्छन्। उक्त पिलरमा शिक्का चढाउन सफल भए आफ्नो मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ।
यसरी नै अर्को मुख्य पर्यटन केन्द्र हो राङ्का गुम्पा (गुरू गुर्माङ गुम्पा), जो राङ्का लिम्दूङमा अवस्थित छ भने यो स्थल \"काजी कोठी\' (पुरानो) नाउँले पनि परिचित छ। तिम्बती धर्मगुरू रिम्पोछे जुर्माङद्वारा निर्मित अनि सन् 1999 -को पहिलो जनवरीमा उद्घाटित यस गुम्पामा पनि पर्यटकहरूको उत्तिकै भीड देखिन्छ। यो गुम्पा गान्तोकदेखि लगभग 15-16 किलोमिटरको दुरूत्वमा अवस्थित छ भने रूम्तेक गुम्पासितको दुरूत्व पनि उत्तिकै पर्दछ।
यस्तै प्रकारले गान्तोक र राङ्का गुम्पाको माझमा रहेको अर्को मुख्य पर्यटन केन्द्र हो \"वन झॉंक्री फल्स\' जो गान्तोकदेखि सिच्छे हुँदै राङ्का जॉंदा भेटिने रानीखोलामा अवस्थित छ। वन झाक्री फल्सको नामले प्रसिद्ध यस पर्यटन केन्द्रलाई धार्मिक स्थलको रूपमा पनि चिन्न सकिन्छ जहॉं सातकन्ने देवीको थान पनि छ। यस पर्यटन केन्द्रमा रहेको झरनामा पर्यटकहरू खुबै रमाएका देख्नपाइन्छ भने झरनासितै फोटो उतार्नमा पनि तल्लिन देखिन्छ। वन झाक्री फल्सको क्षेत्रफल निश्चय थोरै छ। यद्यपि, यहॉंको झरना, वन झाक्रीहरूको प्रतिमा, पूजास्थल, स्वीमिङ पूल आदिले पर्यटकहरूको मन सहजै जितेको देखिन्छ जसले गर्दा एमजी मार्ग सर्वाधिक पर्यटकहरूको भीड यहॉं अझै पनि देख्न सकिन्छ।
हनुमान टक जो गान्तोक क्षेत्रको सबैभन्दा अग्लो स्थानमा अवस्थित धार्मिक केन्द्र (हनुमान मन्दिर) तथा पर्यटन केन्द्रको रूपमा परिचित छ। चानबारी नजिकैमा रहेको यस मन्दिरको पछिल्लो भागमा हरियो वनले ढाकेको छ भने दॉंयाभागमा हिमालयन जूलोजिकल पार्क पर्दछ। यसैगरी अगाडि पटि तलदेखिने गान्तोकको दृश्यले पर्यटकहरू रमाउन छन् भने दाहिनेतिर पारिपटि देखिन अग्लो हिमशिखा कञ्चनजङ्घाका चुचुराहरूले सबैको मन लोभ्याउँदछ।
हन | | Test Heading for education | | Feature Education boss |
|
|
|