Home

Archives

Samay Dainik Family

Important Phones

Advertisement

Other Newspapers

Contact Us

 चालक र टुर गाइड राज्यका दूत हुन्‌ ः मदन      सिक्किमका दुइ शिक्षकलाई राष्ट्रिय पुरस्कार      अस्थायी कर्मचारीको भविष्य अन्योलमय त नहोला!      स्वतन्त्रतासित पत्रकारिताको धर्म, मर्यादा र नैतिकता पनि हुनुपर्दछ ः एसडीएफ      सातवटा जल वितरण योजनालाई अनुमोदन      जडीबुटी ः राज्यवासीका लागि गतिलो आय-आर्जनको माध्यम बन्नसक्छ      आत्महत्या गर्न बाध्य हुनैपर्ने अवस्था छैन सिक्किममा      एक महिना आठ दिनव्यापी वितक चर्चाको समापन      माखादेखि लिङ्‌मो-लिङ्गी सडक मार्ग बन्द यथावत      एसएलएसएको एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न      रमानाजुल मुबारकको अवसरमा मुस्लिम धर्मावलम्बीले गरे नमाज अदा      तिन्तेक खण्ड विकास कार्यालयमा साक्षरता अभियान विषय सभा      शान्ति ज्ञान यज्ञ अनुष्ठान आयोजन गर्ने विषयमा सभा    

समाचार

Send News & Articles  
Correspondent Login  
 
Max. Temp.21:1oC
Min. Temp.18:6oC
Sunrise05:05 AM
Sunset18:09 PM
Rainfall11:7MM
 
2010-11 मुख्यमन्त्रीद्वारा सिक्किम विधानसभामा पेश गरिएको बजेट अभिभाषण

मुख्यमन्त्री एवं वित्त प्रभारी मन्त्री पवन चामलिङद्वारा 27 जुलाई, 2009-को दिन सिक्किम विधानसभामा पेश गरिएको बजेट अभिभाषण

ShowNews

फिचर

नारायण गोपालको गीत गाउन पाए संसारै बिर्सिने गायक जीवन मोथे
होमनाथ दवाडी- लौ सुन म भन्छु मेरो राम कहानी... स्वर्गीय नारायण गोपालको यो गीत गाउन पाए परिवार बिर्सिने र स्वर सम्राट नारायण गोपाललाई आफ्नो सर्वस्व ठान्ने दक्षिण सिक्किमको मणिराम भञ्ज्याङ निवासी जीवन मोथेलाई चिन्ने उनका समकालीन मित्र र आफन्तबाहेक अरू थोरै छन्‌। उनले गाएको सुन्ने कोही पनि साधारण स्रोताले नारायण गोपाल र उनको स्वरमा फरक भट्‌टाउँदैनन्‌। स्टेज कार्यक्रमबाट नारायण गोपालको गीत गाएर स्वर सम्राटले बराबर आनन्द दिलाउनसक्ने यी 55 वर्षीय व्यक्तिलाई यति मीठो र सुरिलो स्वर भएर पनि कुनै एल्बम निकाल्ने चाहना छैन। आफ्नोमा भएको कलाकारितालाई साधना गरेर राखेका छन्‌ तर एल्बम बनाएर अरूलाई आफ्नो कला देखाउने पक्षमा छैनन्‌ उनी। \"नारायण गोपालका गीतमा डुबेर उनका गीत गाउन पाउँदा म पनि गीत गाएर नाम कमाउँछु भन्ने चाहना हुँदैन, त्यहीं डुबिन्छ, त्यही हराइन्छ\' उनी भन्छन्‌। \"किन एल्बम ननिकाल्नु भएको भनी कसैले प्रश्न गरे उनी भन्छन्‌, बॉंचुञ्जेल नारायण गोपालको गीत गाउने इच्छा छ, कुनै एल्बम निकाल्ने मेरो चाहना छैन। जीवन मोथेलाई चिन्ने मौका गायक केबी गुरुङले दिएका थिए। हारमोनियम बजाएर नारायण गोपालका गीत गाउन पाए उनले संसारे भुलिदिन्छन्‌। नारायण गोपालका 243 भन्दा बढी गीत छन्‌ र म सबै गीत मुखस्त गाउन सक्छु भन्नेे आत्मविश्वास छ उनीमा। यसो त स्वर्गीय गोपालको गीत गाउने गला भएका र 9-10 वर्षको ककिलो उमेरदेखि सङ्‌गीत मनपराउन थालेका यी व्यक्तिले जीवनको 55 औं वसन्त हेरिसक्दासम्म एक कोरी जति गीत कोरि पनि सकेका छन्‌। उनले लेखेका 6 वटा गीत खरसाङ रेडियोमा रेकर्डिङ भएका छन्‌ र यहि रेडियोबाट बज्ने पनि गरेका छन्‌। यसमध्ये आफूलाई मनपर्ने गीत लिनुपर्दा उनी \"जॉंदैछु म यहॉंबाट\' निकै प्रचलित भएको बताउँछन्‌। रेकर्डिङ नभए शब्दबारे प्रश्न गर्दा उनले गीत कैयौं लेखिएको तर रेकर्डिङ गर्ने पो 10-12 वटा राम्रो गीत हुनसक्छन्‌ भने। 9 वर्षको कलिलो उमेरदेखि नै हारमोनियम बजाएर गाउन शुरु गरेका उनले प्रेरणादेखि गुरुसम्म नारायण गोपाललाई मानेका छन्‌। नारायण गोपालको मृत्यु हुँदा उनले 13 दिन जूठो बारेको उनकी श्रीमती बताउँछिन्‌। नारायण गोपालको मृत्युपछि मैले अब उसो नगाउने निर्णय लिँदै गीत गाउन छोडेको थिएँ तर पछि साथीहरू मानेनन्‌ गाउन कर लाग्यो। उनले आफ्नो बाध्यता सुनाए। 1986-87 तिर नाम्चीमा स्टेज कार्यक्रमहरू शुरु हुँदा आफ्ना समकालिन मित्रहरूसॅंग मिलेर कार्यक्रम गरेको उनलाई अहिले जस्तो लाग्छ। निर्मण प्रधान, राजेन मास्के, मोहन प्रधान, गिलेरी, गोपाल मोथे, पेमछिरिङ, ज्योती प्रधान, ज्ञान प्रसाद शर्मा र एलबी राई उनको स्टेज कार्यक्रम गर्दाका मित्रहरू हुन्‌। \"हाम्रो स्टेज प्रोग्रामबाट मान्छे अघाएनन्‌‌‌\' उनको मीठो अनुभव यस्तो छ। गीत सङ्‌गीतले मानिसको हृदय छुनुपर्छ भन्ने कुरामा उनी विश्वास राख्छन्‌। पहिलाका गीत सुन्दा समय बितेको थाहा हुँदैन थियो, अहिलेका गीत गाएर एक-दुइ घण्टा कार्यक्रम गरे गाउने भन्दा सुन्ने थाक्छन्‌। यसरी अन्तर देखाउँछन्‌ उनी आधुनिक गीत र रक अनि पप गीतमा। कलाकारितालाई विवाह नगरिकन फस्टाउने मौका दिनुपर्छ भन्ने उनको मान्यता छ। विवाह गरेपछि कलाकारिता हराउँछन्‌ कारण परिवारप्रतिको वाध्यता बढ्‌छ र कलाकारितामा दिने समय बिस्तार-बिस्तार घट्‌नथाल्छ। आफ्नो कला क्षेत्रलाई विवाह नगरी फस्टाउने मौका दिए राम्रो हुन्छ, उनको मान्यता यस्तो छ। 1989 सालको भानु जयन्तीमा गीत गाएर पूर्व मन्त्री तथा त्यस समयका शिक्षक गर्जमान गुरुङलाई चित्त बुझाउन नसकेको उनिसित अनुभव छ। म थाकें तर जीएम गुरुङको फर्माइस पूरा भएन। अहिले पनि याद गर्छन्‌ यी गायक त्यो क्षणलाई। नाम्चीबाहेक दक्षिण जिल्लाका अन्य केही स्थानमा स्टेज कार्यक्रम गरेर नै सीमित रहेका जीवन मोथेले आफ्नो आदर्श गायक नारायण गोपालको श्रद्धाञ्जलि कार्यक्रममा दार्जीलिङमा स्टेजबाट गीत गाएका थिए। उनलाई बाहिर निस्कने मौका नमिलेको होइन। स्वर्गीय वलि सुब्बाले उनका शब्द गाउन अनुरोध गरे पनि आफूले चासो नदेखाएको उनी आफैं बताउँछन्‌- \"\" साथीले मौका &

123
   
Copyright : Samay Dainik, Sikkim Daily News Paper, Tadong, Gangtok East Sikkim Email: samaygtk@yahoo.com>

Maintained by Dipendra Dewan, Contact 98325 67244/9002009155; Email: dip_dewan@yahoo.com

powered by : Rumtek Technologies