|
|
|
ShowNews
|
फिचर |
| सरस्वती पूजा | राधा उपाध्याय,
रूम्तेक
बसहूँ हृदय महा शारदा, सदा कहहू कल्याण,
देउ दया गरि दासलाई, सद्विद्या सद्ज्ञान,
वीणापाणि सरस्वती, हॅंस वाहिनी अम्ब
कला, ज्ञान विज्ञान तिमी, जननी अविलम्ब।
वर देउ वीणा- वादिनी वर देउ जन-जनलाई
प्रिय स्वतन्त्र स्व- अमृत मन्त्र नवले
भारत भूमिलाई भरिदेउ, भारन भूमिलाई भरिदेउ
"या देवि स्तुयते नित्यं, ब्रह्मेन्द्र सूर किन्नर
सामै -वास्नु जिद्याग्रे पद्म हस्ता सरस्वती\'
जुन देविको भक्ति मात्रले सारा मनोरथ, पूरा हुने र मानवको मुखमा बास गर्ने शरद्
कालमा उत्पन्न भएकी देवी सरस्वती, यिनको कृपापात्र बन्नसक्ने मनुष्य देवताका
श्रेणीमा पुग्नसक्ने वरदायिनीको फलले ज्ञानले पूर्ण भई बुद्धले बोधिसत्य प्राप्त
गरेथे, कालिदास महामूर्खबाट विद्यामान भई शाकुन्तला, मेघदूत जस्ता ग्रन्थ रचना
हुनसके, महान् ऋषि-मुनि, पण्डित, रचनाकारहरूले यिनै देवीको ध्यान, मनन, चिन्तनको
प्रतापले वेद-वेदान्त, रामायण, महाभारत, गुरुग्रन्थ साहेब र अन्यान्य पुस्तकको रचना
गर्नसके। यी देवी कस्ती छिन् भने यिनको स्वरूपको विस्तार श्रवण गरौं-प्रजापत
साक्षात ब्रह्माकी पुत्री विद्या, कला सङ्गीतकी अधिष्ठाना देवीको रूपमा स्वीकार भई
मान र वरदान प्राप्त गरेकी छन्।
यिनको समूल रूप गौर वर्णको छ, चारवटा भूजा भएकी, प्रत्येकका अलग-अलग तात्पर्य धारण
गर्दछिन् र एकमात्र मनुष्यलाई प्रेरित गर्दछिन्।
एउटा भूजामा विणा धारण गरी सङ्गत र कलाप्रति कूकिन गर्दछिन् भने अर्को भूजामा
पुस्तक ग्रहण गरी विद्या, बुद्धि र ज्ञानप्रति सङ्केत गर्दछिन्, तेस्रो भूजामा
माल्यधारण गरी एकताप्रति प्रेरित गर्दछिन्, जबसम्म मनुष्यमा एकता हुँदैन तबसम्म
सुख, समृद्धि, ऐश्वर्य, धन-धान्य वृद्धि हुनसक्दैन, नयॉं आविष्कार हुनसक्दैन भन्ने
अर्थ बताउँछ। चौथो भूजामा वर-मुद्रा लिएकी। यसको अर्थ के हो भने मनुष्य तबमात्र
भयरहिन हुनजानेछ जब मनुष्यले अभय फल प्राप्त गर्दछ। यो एकमात्र विद्या अर्जनबाट
सम्भव हुनेछ। विद्या र कलाले पूर्ण व्यक्तिको व्यक्तित्त्व नै अभय हुनजान्छ। अभय
अर्थात् अमर सधैं रहिरहनु भयहीन हुनुहो। सरस्वती देवीले श्वेत वस्त्र धारण गरी
मनुष्यलाई सदा सरल, स्वच्छ र शीतलताको अर्थ बताउँछिन्। मस्तकमा मुकुट, कर्णमा
कुण्डल तथा कण्ठमा मोतीको माल्य धारण गरी स्त्रीको शोभा सादा, सज्जा अलङ्कृत हुने
सङ्केत दिएकी छन्। यसमा स्त्रीको सौन्दर्य सादगीमा निहित छ भन्ने अर्थ लुकेको छ।
यिनको वाहन स्वेन हंस छ, जो अत्यन्त सरल पक्षी हो र उपवाहनको रूपमा देवीले मयर
पक्षीको प्रयोग गरेको पनि पाइन्छ। मयुर पक्षी, पक्षी वर्गकी रानी हुन् भगवती
सरस्वती। यिनी अनुपम सौन्दर्यशालिनी छन्। यिनका नेत्र कमल फूल समान सुन्दर छन् भने
ओंठ सदैव स्निध मुस्कान लिएर बसेकी देखिन्छिन्। देवीका अङ्ग-प्रत्यङ्गबाट सहस्रौं
प्रकाशका पूञ्ज छरिएको अनुभूति हुनजान्छ। देवी सरस्वती आफ्ना प्रिय भक्तबाट
चॉंडोभन्दा चॉंडो प्रसन्न भई उनीहरूका इच्छा पूर्ण गर्नमा सदैव तत्परता देखाउँछिन्।
निष्ठावान भक्तलाई कला, सङ्गीत, विद्या, बुद्धि र ज्ञानको प्रकाश प्रदान गर्दछिन्।
यस अतिरिक्त आफ्ना सेवकहरूको मनोरथ, मनोकामना र सिद्धि दिनलाई सदा मुखमा बास
गर्दछिन्।
देवी अनादि भए तापनि यिनको जन्म दिवस वसन्त पञ्चमीको दिनमा मनाइने चलन छ।
पृथ्वीलोकमा विधि विधानसहित यस दिनमा उत्सव मनाइन्छ, जसलाई सरस्वती पूजा भनी मान्ने
गरिएको छ। अतः यस वसन्त पञ्चमीका दिन स्वेत वस्त्र धारण गरी नाना नैवेद्य, फूल,
आम्र मञ्जरी, फल, चना, मूँगको खिचडी गुँड, दही, श्वेत-चन्दन, अक्षता आदि अर्पण गरी
देवीको पूजन गरे वापत विद्यार्थीवर्ग, रचनाकार, सङ्गीत, कलाप्रेमीका निम्ति कुनै
देवी-देवताको उपासना फलदायक नहोला। यी देवीका अनेक पर्यायकी रूपमा नामाङ्कन गरिएका
छन्-
वरदेवी, शारदा, विणापाणि, हॅंस वाहिनी, श्वेत पद्मासना, विणाधारिणी, विद्या
प्रदायिनी अरू विशेष अष्ट नाम यस प्रकार छन्-
लक्ष्मी, धरातुष्टि, गौरीतुष्टि, प्रभा, मेधा, द्युति।
यहॉं श्लोकमा वाचन सु |  | | साहित्यिक स्रष्टा अशोक वाजपेयी | साहित्य समाजको दर्पण मानिन्छ। साहित्यमा पनि विशेष गरी कविताको स्थान अत्यन्त
महत्त्वपूर्ण रहेकोछ। साहित्यका सबै विधाहरूमध्ये कविता विधालाई रसिलो विधा मानिन्छ।
कविताका पाठक थोरै छन् भन्ने कुरालाई सर्वथा नकार्दै वरिष्ट कवि एवं कला समीक्षक
अशोक बाजपेयी कविताको भूगोल अत्यन्तै फैलिएको बताउँछन्। कविताप्रति आफ्नो चासो
रहेको प्रसङ्गमा आफूलाई 9 वर्षको उमेरदेखि नै कवितातर्फ झुकाउ रहेको बताउँछन्। उनले
बताएअनुसार उनी 9 वर्षका हुँदा देशको पहिलो गणतन्त्रमा उनले कविता रचना गरेका थिए।
त्यस पछि 16 वर्षको उमेरमा प्रसिद्ध व्यङ्ग्यकार हरिशङ्कर परसाईंले आफ्नो पत्रिका
"वसुधा\' मा उनको कविता प्रकाशित गराइदिएको उनी स्वयं बताउँछन्। त्यसपछि रघुवीर
सहायले "कल्पना\' पत्रिकाको लगातार दुइ अङ्कमा अशोक वाजपेयीका कविता छपाइदिएको पनि
वाजपेजी स्वयं बताउँछन्।
बाजपेयीअनुसार यी प्रतिष्ठित साहित्यिक पत्रिकामा कविता प्रकाशित भएपछि उनले आफूमा
कविता लेख्नसक्ने आँट रहेको अवगत गरे। विभिन्न प्रशासनिक पदमा रहॅंदा पनि कवितातर्फ
झुकाउ राख्नसक्ने बाजपेयीले कविता रचना गर्ने समय राख्नसके। तपाईं कविता रचना गर्ने
समय कसरी निकाल्नु हुँदैछ भन्ने प्रसङ्गमा उनले जसरी मानिसले प्रेम गर्ने, खानपान
गर्ने समय व्यस्त जीवनमा पनि निकाल्न सक्छ, त्यसरी नै कविता रचना गर्ने समय आफ्नो
व्यस्ततामा पनि निकाल्छु भन्ने कुरा स्पष्ट पारे। रङ्गमञ्च, शास्त्रीय सङ्गीत,
चित्रकला र मूर्तिकलाका क्षेत्रमा हामी कतिपय धेरै पछाडिएका छौं भन्ने जानकारी पनि
दिए। उनले रङ्गमञ्चमा हबीब तनवीर र सत्यदेव दुवेलाई छोडेर रङ्गमञ्चमा अन्य
जनसमुदायमा पनि उनीहरूको जस्तै लगनशील क्षमता रहनुपर्ने कुरा अघि राखे। यसै
प्रसङ्गमा शास्त्रीय सङ्गीतको कुरा गर्दै विभिन्न घरानामा आमरा, ग्वालियर, जयपुर,
अतरौलीजस्ता क्षेत्रका वासिन्दाको नाम प्रमुख पंक्तिमा आउने बताए।
शास्त्रीय सङ्गीतमा आज भएका प्रतिष्ठित नामहरूमा हिन्दी भाषी थोरै रहेको कुरामा उनी
विस्मत मान्छन्। उनीअनुसार यही स्थिति चित्रकला र मूर्तिकलाको क्षेत्रमा पनि छ।
साहित्य अतिरिक्त कला र सङ्गीतमा पनि अशोक बाजपेयीको रुचि गहिरो रहेको पाइन्छ। उनले
प्रसिद्ध चित्रकार सैयद हैदर रजाको जीवनीसहित कलामा पॉंचवटा पुस्तक लेखिसकेका छन्।
यसका अतिरिक्त विख्यात हिन्दुस्तानी शास्त्रीय सङ्गीत गायक कुमार गन्धर्वका विषयमा
पनि उनले एउटा पुस्तक लेखिसकेका छन्।
अशोक बाजपेयीले बताएअनुसार उनी अहिले एक अन्य शीर्ष हिन्दुस्तानी शास्त्रीय सङ्गीत
गायक मल्लिकार्जुन मंसूरका विषयमा पुस्तक लेख्ने तयारीमा रहेका छन्। वर्तमान समयमा
ललितकला अकादमी अध्यक्षको पदमा कार्यरत बाजपेयी त्यहॉंका मानिसमा कलाप्रतिको भावना
जगाउने प्रयासमा लागेका छन्। त्रैवार्षिक आधारमा हुने विश्व कला प्रदर्शनी आयोजको
तयारीमा लागेका वाजपेयीअनुसार आलोचक र इतिहासकारको वार्षिक सम्मेलन पनि आयोजित
गराइनेछ। यसमा भारतीय भाषाका कला आलोचक र इतिहासकारलाई सामेल गराइनेछ भन्ने कुराको
जानकारी पनि उनीबाटै हुन्छ। यस अतिरिक्त ललित कला अकादमी कलासम्बन्धी दस्तावेजको
सङ्कलन कार्यमा पनि जुटेका छन्। यसरी साहित्य, सङ्गीत, कला सबै क्षेत्रमा रुचि
राख्ने अशोक वाजपेयी भारतीय साहित्य जगतका एक सक्षम साधक मानिन्छन्।
|  |
|
|
|