|
|
|
ShowNews
|
क्षेत्रीय गतिविध [पूर्वोत्तर] |
| # मिग दुर्घटनामा मर्नेहरूको संख्या दुइ पुग्यो | | जलपाईगढी, 25 जुलाई ।
शनिबार वायुसेनाको युद्धक विमान मिग-27 दुर्घटनाग्रस्त भएर आवासीय क्षेत्रमा झर्न पुग्दा मर्नेहरूको संख्या बढेर दुइ पुगेको छ। गम्भीर घाइते एक बालिकाको हिजो अबेर राति उत्तर बंगाल मेडिकल कलेजमा मृत्यु भयो।
प्राप्त जानकारी अनुसार गम्भीर घाइते पूर्णिमा रायले हिजो राती उपचारको अवधि दम तोडिन्। यसको साथै दुर्घटनामा मर्नेहरूको संख्या दुइ पुगेको छ। अर्कोतिर वायु सेनाले मर्नेहरूका आफन्तलाई एक लाख तथा घाइतेहरूलाई 25 हजार रुपियॉं क्षतिपूर्ति दिने घोषणा गरेको छ।
वायु सेनाका विंग कमाण्डर मैथ्यूले भने अनुसार, यस दुर्घटनामा परी मर्नेहरूका आफन्तलाई एक-एक लाख रुपियॉं भने घाइतेहरूलाई 25-25 हजार रुपियॉं क्षतिपूर्तिको रूपमा दिइने निर्णय लिइएको छ। दुर्घटनाग्रस्त विमानमा ब्लैक बाक्स प्राप्त भएको पनि उनले जानकारी दिए। उनले बताए, शुरुवाती जॉंचमा तकनीकी खराबीको कारण दुर्घटना भएको मानिन्छ तर पुरा जॉंच पछि नै यसको स्पष्ट कारण थाहा लाग्नेछ।
जानकारी गराइन्छ, शनिबार जलपाईगढीको मैनागुरी नजिक मिग-27 विमान दुर्घटनाग्रस्त भएर तल झर्दा दुइ जना मारिए भने 15 जना घाइते भएका छन्। विमानका पायलट सुरक्षित बॉंचेका छन्। उत्तर बंगाल क्षेत्रमा वर्ष 2001 देखि अहिलेसम्म 12 वटा मिग विमान दुर्घटनाग्रस्त भइसकेको छ।
| | # पुरुष वन्ध्याकरणमा सिक्किम अघि | | पङ्कज तिवारी
नयॉं दिल्ली, 5 अगस्त।
पुरुष वन्ध्याकरण नसबन्दी सिक्किमले देशमा नै उत्कृष्ठ प्रदर्शन गरेको छ। सिक्किमका पुरूषहरू यस दिशामा निकै सक्रिय देखिएका छन् भने नसबन्दीको सरकारी योजनाको प्रचार पनि सिक्किममा अन्य राज्यको तुलनामा उत्कृष्ठ रहेको छ। उक्त जानकारी स्वास्थ्य मन्त्रालयको रिपोर्टमा उल्लेख गरिएको छ।
इमरजेन्सीको समय त्रासको पर्याय बनेको नसबन्दी आज आएर भारतीय पुरुषमा विस्तारै स्वीकार्य हुदैछ। स्वास्थ्य मन्त्रालयको रेकर्ड बाट के टुङ्गो लाग्छ भने नसबन्दी गराउने पुरुषहरूको संख्या 2006-07 मा 1,22,735 थियो भने 2008-09 मा बढेर 2,68,883 पुगेको छ। पुरुष र महिलाहरूको वन्ध्याकरणमा नसबन्दीको अनुपात 2006-07 को 2.5 प्रतिशतको तुलनामा 2008-09 मा बढेर 5.5 प्रतिशत भएको छ। यो अनुपात 30 वर्षमा सबभन्दा असल रहेको छ।
रेकर्डबाट के पनि टुङ्गो लाग्छ भने 11 राज्य नयॉं प्रकारको नसबन्दी (एनएसवी)-लाई बढावा दिन सफल बनेका छन्। यो तरिका कम पीडादायक र तुरन्तै प्रभावमा आउने गरेको छ। यस दिशामा उत्कृष्ठ काम गर्ने राज्यहरू हुन् - सिक्किम, महाराष्ट्र, पश्चिम बंगाल, गोवा, गुजरात, झारखण्ड, मध्यप्रदेश, दिल्ली, पञ्जाब, हिमाचलप्रदेश र जम्मू-कश्मीर।
| | # दिवा भोजनको मूल्य सरकारले भुक्तान गरिरहेको छ | | नयॉं दिल्ली, 21 जुलाई।
केन्द्र सरकारको प्रायोजनमा स्कूले नानीहरूको निम्ति शुरु गरिएको दिवा भोजनको सत प्रतिशत मूल्य सरकारले भुक्तानी गर्ने गरेको छ। योजनाअन्तर्गत प्रति विद्यार्थी (कक्षा एकदेखि पॉंच)-सम्म 100 ग्राम खाद्यन्न (चामल/गहूँ) प्रति दिन प्रदान गरिन्छ। यसैगरी कक्षा 6 देखि 8 सम्मका नानीहरूलाई प्रति दिन 150 ग्राम खाद्यान्न प्रति विद्यार्थी प्रदान गरिन्छ।
सिक्किम लगायत पूर्वोत्तरका अन्य राज्य, जम्मू-कश्मिर, हिमाचल प्रदेश र उत्तराञ्चल राज्यमा नजिकैको खाद्य भण्डारण (एफसीआई)-बाट स्कूलसम्म खाद्यान्नको ढुलाई गर्न केन्द्र सरकारले विशेष श्रेणीको दर्जामा रु. 125 प्रति क्युण्टलको दरले परिवहन खर्च भुक्तानी गरेको छ। केन्द्रिय मानव संसाधन विकास राज्य मन्त्री डी पुरणदेश्वरीले राज्यसभामा उक्त कुरा बताएकी हुन्।
योजनाको प्रबन्धन, निगरानी र मूल्याङ्कन (एमएमई)-को निम्ति 1.8 प्रतिशत सहायता राशि प्रदान गरिन्छ। यसमा निशुल्क खाद्यन्न, परिवहन शुल्क र खाना पकाउने लागतको निम्ति प्रयोग गरिन्छ। यसैगरी 2 प्रतिशत खर्च योजनाको प्रबन्धन, निगरानी र मूल्याङ्कनको निम्ति प्रयोग गरिने मन्त्रीले एक लिखित उत्तरमा जनाएकी छन्।
केन्द्रिय राज्यमन्त्रीअनुसार राज्य सरकारलाई स्कूलहरूमा भान्सा घरको निर्माण तथा आवश्यक भॉंडा-कुँडाको व्यवस्था गर्न एक मुष्ठ सहयोग राशि रु. 60 हजार प्रति युनिट भान्सा घर तथा 50 हजार आवश्यक सामग्रीको निम्ति प्रदान गरिन्छ।
दिवा भोज पकाउने खर्चमा केन्द्र सरकारले प्राथमिक स्तरमा प्रति विद्यार्थी 1.89 प्रति दिन खर्च गर्ने गर्छ भने यो पूर्वोत्तर राज्यहरूका निम्ति खर्च गरिन्छ। यसैगरी उच्च प्राथमिक तहमा यो खर्च 2.42 रुपियॉं सामेल छ। (पीआइबी)
| | # रेडियो मिष्टीको नयॉं कार्यक्रम | | गान्तोक, 14 जुलाई।
सिक्किम तथा उत्तर बङ्गाल राज्यका श्रोताहरूलाई मनोरञ्जन गराउने उद्देश्यले रेडियो मिस्टी सिक्किम 95 एफएमले रेडियो निदरल्याण्ड वाल्डवाइड (आरएनडब्लु) फ्लागशीप इन्फोटेण्टमेण्ट शो गर्ने तयारी गरेको छ। रेडियो मिस्टी 94.3 र रेडियो मिस्टी सिक्किम 95 -ले आरएनडब्लुसॅंग साझेदारी गरेर क्षेत्रका श्रोताहरूलाई मनोरञ्जन दिलाउने भएको छ। विश्व स्तरमा दैनिक घट्ने साधारणदेखि अति साधारण घटनाको वैश्विक प्रभावलाई ध्यानमा राख्दै तयार पारिएको विविध कार्यक्रमलाई विशेष भारतीय श्रोताहरूका निम्ति प्रसारण गरिनेछ। यो कार्यक्रम भारतमा मुम्बईस्थित रेडियो प्रोडक्सन कम्पनी सोनोलगको सहायतामा प्रसारण गरिनेछ। निदरल्याण्ड रेडियो मार्फत कार्यक्रम प्रसारण गर्नु आफ्ना श्रोताहरूलाई अधिक गहन एवं तार्किक कार्यक्रमसॅंग संलग्न गराउने मुख्य उद्देश्य रहेको छ।
|
|
|
|