Home

Archives

Samay Dainik Family

Important Phones

Advertisement

Other Newspapers

Contact Us

 चालक र टुर गाइड राज्यका दूत हुन्‌ ः मदन      सिक्किमका दुइ शिक्षकलाई राष्ट्रिय पुरस्कार      अस्थायी कर्मचारीको भविष्य अन्योलमय त नहोला!      स्वतन्त्रतासित पत्रकारिताको धर्म, मर्यादा र नैतिकता पनि हुनुपर्दछ ः एसडीएफ      सातवटा जल वितरण योजनालाई अनुमोदन      जडीबुटी ः राज्यवासीका लागि गतिलो आय-आर्जनको माध्यम बन्नसक्छ      आत्महत्या गर्न बाध्य हुनैपर्ने अवस्था छैन सिक्किममा      एक महिना आठ दिनव्यापी वितक चर्चाको समापन      माखादेखि लिङ्‌मो-लिङ्गी सडक मार्ग बन्द यथावत      एसएलएसएको एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न      रमानाजुल मुबारकको अवसरमा मुस्लिम धर्मावलम्बीले गरे नमाज अदा      तिन्तेक खण्ड विकास कार्यालयमा साक्षरता अभियान विषय सभा      शान्ति ज्ञान यज्ञ अनुष्ठान आयोजन गर्ने विषयमा सभा    

समाचार

 
 
 
   
 
 
   
 
 
 
Send News & Articles  
Correspondent Login  
 
   
 
 
   
 

Max. Temp.21:1oC
Min. Temp.18:6oC
Sunrise05:05 AM
Sunset18:09 PM
Rainfall11:7MM
 

2010-11 मुख्यमन्त्रीद्वारा सिक्किम विधानसभामा पेश गरिएको बजेट अभिभाषण

 

मुख्यमन्त्री एवं वित्त प्रभारी मन्त्री पवन चामलिङद्वारा 27 जुलाई, 2009-को दिन सिक्किम विधानसभामा पेश गरिएको बजेट अभिभाषण

ShowNews

सिक्किम सेरोफेरो - उत्तर सिक्किम

# स्नेह काइनेटिक पावर प्रोजेक्ट लिमिटेडको आम जनतासित सभा सम्पन्न
मगन, 30 जून। स्नेह काइनेटिक पावर प्रोजेक्ट लिमिटेड (एसकेपीपीएल)-का परियोजना विस्तारकहरूले आज परियोजना परिसरका प्रभावित जनतालाई लिएर एउटा महत्वपूर्ण सभा आयोजन गऱ्यो। डिक्चु, बाक्छा खोलामा निर्माण गरिने 96 मेगावाटको डिक्चुजलविद्युत परियोजनाअन्तर्गत पर्ने प्रभावित जनतालाई समाजदारी पत्रअनुसार कार्य प्रदान गर्न तथा अन्य विषयमा चर्चा गर्न सभा आयोजन गरिएको थियो। स्थानीय प्रभावित जनताले गत हप्ता परियोजना विस्तारकले गैर स्थानीयलाई ठेका दिएको विषय लिएर परियोजनाको विरोध गरेका थिए। डिक्चुस्थित एसकेपीपीएल कायार्र्लयमा आयोजन गरिएको यस सभामा प्रभावित क्षेत्रका जनतासहित एसकेपीपीएलका महाप्रबन्धक एके दत्त उपस्थित रहेका थिए। सभालाई सम्बोधन गर्दै महाप्रबन्धक दत्तले अहिलेसम्म कम्पनीले कुनै पनि ठेकादारलाई काम नदिएको स्पष्ट पारे। हालसम्म कम्पनी स्वयं दैनिक मजदूरी दिएर रक टेस्टिङ कार्य सञ्चालन गरिरहेको बताए। उनले कुनै ठेका कार्यको योजना तयार भएपछि क्षेत्रका प्रभावित परिवार जनता र भूमिदाताको सल्लाहअनुसार ठेका प्रधान गरिने र कम्पनी कुनै पनि अवस्थामा समझदारी पत्रविरुद्ध नजाने बताए। यस अवसरमा स्थानीयले ठेका पाउनुपर्ने र अन्य रोजगारमा पनि स्थानीयलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्‌। यसको उत्तरमा महाप्रबन्धक दत्तले तक्निकी कार्यको निम्ति योग्य ठेकादार भए आवश्य नै कम्पनीले ठेका दिने बताए। उनले सबै योग्य ठेकादारले आफ्नो ठेका लाइसेन्स र अन्य अनुभव कार्य प्रमाण-पत्र बुझाउने आह्वान पनि गरेका छन्‌।
# मैदानलाई सुन्दरीकरण गरिने
समय संवाददाता- मगन, 29 जून। उत्तर सिक्किम नामफ्रिकदाङ, अप्पर जङ्‌गुस्थित नामफ्रिकदाङ मैदानको सुरक्षा र सुन्दरीकरण गर्ने उद्देश्यले वन विभागका अधिकारी, एनएचपीसी टिस्टा चरण-4, ऊर्जा विभागका अधिकारी, टिस्टा ऊर्जा कम्पनी, उत्तर जिल्ला प्रशासन, सिक्किम मिल्क युनियनका अधिकारी, जिल्ला पञ्चायत, पञ्चायत र नामसुङ उत्सव समितिका प्रतिनिधिहरूले संयुक्त रूपमा निरीक्षण भ्रमण गरेका छन्‌। यो भ्रमण 19 जूनको दिन मुख्य सचिवको कार्यालयमा नामफ्रिकदाङ मैदानलाई संरक्षण र सुन्दरीकरण गर्ने विषयमा डाकिएको सभाको दोस्रो चरणअन्तर्गत गरिएको हो। प्राप्त जानकारीअनुसार नामफ्रिकदाङ मैदानको संरक्षण र सुन्दरीकरणका निम्ति 25 प्रतिशत टिस्टा ऊर्जा कम्पनीले, 30 प्रतिशत हिमगिरी कम्पनी र 45 प्रतिशत एनएचपीसी टिस्टा चरण-4 -ले बेहोर्ने भएको छ। भ्रमणको अवसरमा महकुमा अधिकारी भीम ठटालले निर्माण कार्य चॉंडोभन्दा चॉंडो शुरु गरिने स्थानीयहरूलाई आश्वासन दिएका छन्‌। यस अवसरमा डीएफओ मिनालीसा दास, एनएचपीसी टिस्टा चरण-4 -का मुख्य अभियन्ता एके चौधरी, सिक्किम ऊर्जा विकास निगमका महाप्रबन्धक सीएल ठाकुर, टिस्टा ऊर्जा कम्पनीका एस कृष्णमूर्ति, हिमगिरी कम्पनीका महाप्रबन्धक एस गुप्तको पनि उपस्थिति रहेको थियो।
# कृषकका लागि सप्ताहव्यापी प्रशिक्षण कार्यक्रमको आयोजन
समय संवाददाता- मगन, 11 मई। कृषि विज्ञान केन्द्र मगनले आत्मा, नार्बाड र राष्ट्रिय बागवाणी बोर्ड (एनएचबी)-को संयुक्त तत्परतामा सप्ताहाव्यापी प्रशिक्षण आयोजन गरेको छ। कृषकहरूलाई तकनिकी ज्ञान उपलब्ध गराउने विषय लिएर आयोजन गरिएको यस प्रशिक्षणको उद्‌घाटन हिजो खाद्य सुरक्षा एवं कृषि विकास विभागीय मन्त्री दाउछो लेप्चाले उद्‌घाटन गरेका थिए। उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले सिक्किम राज्यलाई जैविक राज्य बनाउने राज्य सरकारले लक्ष्य राखेको बताए। सरकारले प्रत्येक क्षेत्रमा कृषकहरूलाई स्वनिर्भर बनाउने लक्ष्य राखेको बताउँदै प्रत्येक कार्य योजनामा सरकारले नयॉं पद्धति प्रयोग गर्दै आएको र अन्य क्षेत्रमा पनि अध्ययन र अनुसन्धान गरेर कृषकहरूलाई लाभ पुऱ्याउने बताए। कृषकहरूलाई जैविक मलको प्रयोग गर्ने आग्रह गर्दै मन्त्री लेप्चाले जैविक खेती गर्नाले राज्यलाई फाइदा हुने बताए। कार्यक्रममा कृषि एवं बागवाणी विभागका सचिव र विभागीय अधिकारीहरूको उपस्थिति रहेको थियो भने स्थानीय स्वयंसेवीद्वारा उत्पादित जैविक उत्पादनको प्रदर्शनीको निरीक्षण पनि मन्त्री गरेका थिए।
# डिक्चुमा शिव मन्दिर परिसरमा सुन्दरीकरणको कार्य शुरु
समय संवाददाता- मगन, 27 अप्रेल। डिक्चुमा अवस्थित 100 वर्ष पुरानो शिव मन्दिर परिसरलाई सुन्दरीकरण गर्ने कार्य शुरु भएको छ। डिक्चु बजार समितिको मागअनुसार एनएचपीसी टिस्टा चरण-5 अन्तर्गत यस मन्दिरलाई सुन्दरीकरण गरिने भएको छ। एनएचपीसीले स्थानीयहरूको मागलाई ध्यानमा राख्दै मन्दिरमा मार्बल, टाइल्स, रेलिङ र रङ्ग लगाउने कार्य गरिनेछ। आज सुन्दरीकरण कार्य शुरु गर्नका निम्ति एनएचपीसीका मुख्य अभियन्ता डी चट्टोपाध्याय र क्षेत्र विधायक उगेन टी ग्याछो भोटियाले भ्रमण गरे। यस अवसरमा बजार समितिका सदस्यहरूको पनि उपस्थिति रहेका थिए।
1234
   
 
 
 
   

 
   

 
 

Copyright : Samay Dainik, Sikkim Daily News Paper, Tadong, Gangtok East Sikkim Email: samaygtk@yahoo.com>

Maintained by Dipendra Dewan, Contact 98325 67244/9002009155; Email: dip_dewan@yahoo.com

powered by : Rumtek Technologies