|
|
|
ShowNews
|
सिक्किम सेरोफेरो -
पूर्व सिक्किम |
| # राज्यपाल र मुख्यमन्त्रीद्वारा शुभकामना | | गान्तोक, 23 अगस्त।
पाङ-ल्हाब-सोलको अवसरमा राज्यपाल बाल्मिकी प्रसाद सिंहले राज्यवासीलाई हार्दिक शुभकामना प्रकट गरेका छन्। उनले आफ्नो सन्देशमा एकताको प्रतीक झल्काउने यस पर्वले सिक्किमको प्रकृतिकप्रति सम्मान दर्शाउने बताउँदै यस पर्वबाट एकता कायम राख्ने आह्वान गरेका छन्।
यसैगरी मुख्यमन्त्री पवन चामलिङ र श्रीमती टीकामाया चामलिङले पनि पाङ-लाब-सोलको अवसरमा हार्दिक शुभकामना प्रकट गरेका छन्। | | # मायाल्मू सङ्घको सेवा पहल | | गान्तोक, 6 अगस्त।
लावारिस अवस्थामा राजधानी गान्तोक वरिपरि घुमिहिड्ने लगभग 53 वर्षका अर्जुन थापा नामक व्यक्तिलाई गैर सरकारी संस्था मायाल्मू सङ्घले एसटीएनएम अस्पतालमा उपचार गराइरहेछ। राजधानी गान्तोकमा धेरै अघिदेखि लुम्रे-झुम्रे अवस्थामा घुमिहिँड्ने थापालाई गत 30 जुलाईको दिन सङ्घका कार्यकर्ताहरूले आफूसित लगेका थिए। यी व्यक्तिको अवस्था एकदमै दयनीय रहेको थियो र यस्तै अवस्थामा उनी घुमी हिँड्थे। सङ्घकी अध्यक्ष विन्ध्या गुरुङले जानकारी दिएअनुसार \"गन्हाउने मान्छे\' भनेर थापालाई सबैले चिन्ने गर्थे।
गत 30 जुलाईको दिन संस्थाद्वारा अप्नाएपछि यी व्यक्तिलाई सर्वप्रथम उपचारका निम्ति मणिपाल अस्पताल लगिएको थियो। अत्याधिक मैलाका कारण शरीरभरि घाउ-खटिरा उब्जिएका व्यक्तिलाई मणिपाल अस्पतालमा उपचारका निम्ति पॉंच दिन राखे पनि प्रथम तीन दिनसम्म उक्त अस्पतालका कुनै पनि डाक्टर र नर्सले बिमारीको उपचार छाडेर छेउसम्म नपरेको विन्ध्याले बताइन्। अन्त्यमा सङ्घका कार्यकर्ताहरूले यसबारे प्रश्न उठाएपछि मात्र बिमारी थापाको उपचार मणिपालमा शुरु हुनसकेको विन्ध्याले जानकारी दिइन्। मणिपाल अस्पतालमा बिमारीको राम्रो हेर्चाह नभएको र उनको औषधी आदिमा ठूलो खर्च भएकोले सङ्घले यी बिमारीलाई एसटीएनएम अस्पतालमा ल्याएको उनीहरूको भनाइ छ।
हाल एसटीएनएममा बिमारीको राम्रो रेखदेख भइरहेको बताउँदै विन्ध्याले अस्पतालबाट बिमारीलाई चाहिने सबै प्रकारका दबाईहरू सित्थैंमा उपलब्ध गराइएको बताएकी छन्। एसटीएनएम अस्पतालका सबै डाक्टर र नर्सहरूले आफूहरूलाई सबै प्रकारका आवश्यक सहयोग उपलब्ध गराइरहेको उनको भनाइ छ। हिजो यहॉं भर्ना गरिएका थापालाई उपचारपछि आफूसित राख्न नमिल्ने हुनाले सङ्घले यदि उनको कोही अभिभावक छन् भने सङ्घसित सम्पर्क गरेर उनलाई घरमा लैजाने अपील गरेको छ। अध्यक्ष गुरुङअनुसार यी बिमारी व्यक्तिको स्वास्थ्यमा उचित देखरेखका कारण क्रमिक रूपमा सुधार पनि आइरहेको बताएकी छन्। | | # रे-बस्तीमा स्वास्थ्य चेतना कार्यक्रम आयोजित | | गान्तोक, 5 अगस्त।
युनाइटेड प्रोग्रेशिभ अर्गनाइजेशन अफ सिक्किमले एसटीएनएम अस्पतालको सहयोगमा हिजो पूर्व जिल्लाको रे-बस्तीमा एउटा स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गऱ्यो। उक्त कार्यक्रम नाबार्डद्वारा प्रायोजित सङ्गठित जनजाति विकास योजना अन्तर्गत रे-बस्तीका लागि आयोजन गरिएको थियो भनी पीआईबीले आज एउटा प्रेस विज्ञप्ति जारी जानकारी दिएको छ।
यस कार्यक्रमका समय निःशुल्क स्वास्थ्य जॉंचको आयोजन गरियो। स्वास्थ्य जॉंच पश्चात रोगीहरूलाई निःशुल्क औषधि वितरण पनि गरियो। कार्यक्रममा स्वास्थ्य विभागका कर्मचारीहरूले पर्चा पनि वितरण गरे जसमा राज्य सरकारद्वारा जनताको हितमा शुरु गरिएका विभिन्न स्वास्थ्य योजनाहरूको विवरण प्रदान गरिएको छ। साथै एचआईभी/एड्समाथि आधारित एउटा वृत्तचित्र पनि कार्यक्रममा प्रदर्शन गरियो।
यस सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नाबार्डका सहायक महा-प्रबन्धक एल मूर्तीले स्थानीय कृषकहरूलाई यस कार्यक्रमबाट धेरै फाइदा मिल्ने बताए। उनले आयोजक समितिले यस प्रकारको कार्यक्रम आयोजन गरेकोमा खुशी प्रकट गर्दै स्थानीहरूलाई यस अवसरबाट फाइदा उठाउने आह्वान पनि गरे।
यस अवसरमा स्वास्थ्य सुरक्षा, मानव सेवा एवं परिवार कल्याण विभागका संयुक्त निदेशक सोमछिरिङ लेप्चाले स्वास्थ्य शिक्षा सम्बन्धि वार्ता प्रस्तुत गरे। उनले स्वच्छ पिउने पानी, मधुमेह, रक्तचाप, हृदय रोग, स्वच्छता आदि विषयमाथि विशेष जोर दिँदै आफ्नो वार्ता प्रस्तुत गरे। अन्तर्कियात्मक कार्यक्रमका दौरान स्थानीहरूले सोधेका प्रश्नाको जवाब पनि उनले दिए। कार्यक्रममा रे, मिन्दु, टेम्पयेम गॉंउका दुइ सय भन्दा अधिक मानिसहरू उपस्थित थिए।
| | # उच्च न्यायालयद्वारा भण्डारीको पक्षमा फसेला | | गान्तोक, 3 अगस्त।
प्रदेश कंग्रेसका अध्यक्ष नरबहादुर भण्डारीमाथि आय भन्दा अधिक सम्पत्ति रहेको आरोपमा एसडीएफ पार्टीद्वार लगाइएको मुद्दा सिक्किम उच्च न्यायालयले आज रद्द गरिदिएको छ। उक्त मुद्दा सिक्किम उच्च न्यायालयमा विचाराधीन थियो। आज सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधिश बरिन घोषले उक्त मुद्दा रद्द गर्दै भण्डारीको पक्षमा अदालतको निर्णय सुनाएको जानकारी पूर्व मुख्यमन्त्री भण्डारीले पार्टी मुख्यालयमा पत्रकारहरूलाई दिए। |
|
|
|