|
|
|
ShowNews
|
क्षेत्रीय गतिविध [दार्जीलिङ] |
| # खेलाडी जन्माउने मिरिक आले खेल मैदानको अवस्था चिन्तनीय | | मिरिक, 18 अगस्त।
जिल्ला, राज्य तथा राष्ट्रिय स्तरका खेलाडीहरू जन्माउने मिरिकको प्रसिद्ध आले खेल मैदानको विस्तारीकरण र स्टेडियमको निम्ति गुरुयोजना तयार पार्न आवश्यक देखिएको छ। क्षेत्रका ग्रामीण बस्ती क्षेत्रका अधिकांश युवा खेलाडीको निम्ति व्यवस्थित खेल मैदान मानिएको आले खेल मैदानमा प्रत्येक वर्ष नै विभिन्न प्रकारका खेलकूद, स्वर्णकप फूटबल प्रतियोगिता, लीग म्याचको आयोजना गरिन्छ। यहॉं खेलकूदको निम्ति परिवेश अनुकूल रहे तापनि खेलाडीहरू तथा खेलप्रेमीले चाहे जस्तो मैदानको उचित व्यवस्था हुनसकेको छैन। स्थानीय खेलप्रेमीहरू आले खेल मैदानलाई स्टेडियमको रूप दिनसके राम्रो हुने विचार पोख्छन्। यदि यहॉं स्टेडियम बनिए, क्षेत्रका सम्पूर्ण खेलप्रेमीले आ-आफ्नो खेलमा रुचिका साथ अग्रसर हुने अवसर पाउनेछन्। तर वर्षौंअघिदेखि देखिँदैआएको उक्त मैदानको अवस्था आज पनि त्यस्तै छ। प्रत्येक खेल प्रतियोगिताको साथ खेल प्रेमीको घुइँचो लाग्ने मैदान परिसर खुल्ला भएकोले मौनिसहरू खुल्ला ठाउँ तथा सडक किनारमा उभिएर खेलको आनन्द उठाउने गर्छन्। 12 ए राजमार्गको किनारमा मैदान अवस्थित रहेकोले खेल अवधि कुनै पनि दुर्घटना हुनसक्ने सम्भावना बढी देखिएको छ। राज्य स्तरीयदेखि राष्ट्रिय खेलाडी जन्माउने आले मैदानको विस्तारीकरणप्रति कसैको चासो नहुनु चिन्ताको विषय बन्नगएक | | # खरसाङमा अभागोलीको श्रद्धाञ्जलि सभा स्थगित | | समय संवाददाता-
खरसाङ, 9 अगस्त।
अखिल भारतीय गोर्खालीगद्वारा भोलि 10 अगस्तको दिन खरसाङमा आयोजन गर्ने तय गरेको अभागोलीका दिवङ्गत नेता मदन तामाङप्रतिको श्रद्धाञ्जलि सभा स्थगित गरिएको अनि केही दिन भित्रनै यो कार्यक्रम आयोजन गर्ने निधो गरिएको जानकारी प्राप्त भएको छ। यता आज गोजमुमो नेताहरूको सम्पत्तिको सीबीआई जॉंच गरिनुपर्नेसहित प्रस्तावित सेटअपको विरोध गर्दै खरसाङ क्षेत्रमा अखिल भारतीय गोर्खालीग (अभागोली) द्वारा व्यापक रूपमा टॉंसिएको पोस्टर केही अज्ञात व्यक्तिहरूद्वारा केही क्षणमा नै च्यात्ने कार्य गरिएको जानकारी पाइएको छ। यस सन्दर्भमा अभागोलीद्वारा खरसाङ थानामा एक प्राथमिकी दर्ता गरिएको थाहा लागेको छ।
| | # आज 12 घण्टाव्यापी खरसाङ बन्द | | खरसाङ, 9 अगस्त।
गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) को आह्वानमा चलिरहेको असहयोग आन्दोलनको अवधिमा कर नबुझाउने दार्जीलिङ पहाडी क्षेत्रका गाडीहरूमाथि कार्वाही गर्ने अभिप्रायमा पुलिसद्वारा थालिएको गाडी जॉंच अभियानको विरोधमा भोलि मङ्गलबार 10 अगस्तको दिन जनमुक्ति चालक महासङ्घद्वारा डाकिएको 12 घण्टाव्यापी खरसाङ बन्द यथावत् रहने तर दार्जीलिङ र कालेबुङमा भोलि 12 घण्टाव्यापी चक्काजाम कार्यक्रम केही कारणवश नहुने तय भएको जानकारी महासङ्घका सचिव सुवास प्रधानले दिएका छन्। सचिव प्रधानले महासङ्घका सभापति तिलक गुरुङको परामर्शमा महासङ्घद्वारा नो निर्णय लिइएको बताए अनि खरसाङमा भोलि डाकिएको बन्दावधिमा सम्पूर्ण सरकारी कार्यालय, व्यापारिक अनि शैक्षिक संस्थानसहित वाहनहरूको आवागमन पूर्णरूपमा बन्द रहने जानकारी दिए। तिनले आवस्यक सेवाहरूलाई बन्दबाट मुक्त राखिएको अवगत पनि गराए। हाम्रो उद्देश्य बन्द डाकेर कसैलाई ठेस पुऱ्याउनु नरहेको तर गाडीको कर नबुझाउने धेरैजसो खरसाङ क्षेत्रका गाडीहरूविरुद्ध पुलिसले कार्वाही गर्न थालेकोले यो पदक्षेप ग्रहण गरिएको बताए अनि यदि आउँदो दिनहरूमा चालकहरूमा कुनै प्रकारको प्रशासनिक चाप सृष्टि गरिएको सम्पूर्ण पहाड नै अचल बनाइदिने चेतावनी पनि दिए। | | # चिया श्रमिकहरूको रोजलाई लिएर त्रिपक्षीय वार्ता हुने | | समय संवाददाता
दार्जीलिङ, 6 अगस्त।
बढ्दो महॅंगाईका बीच चिया श्रमिकहरूको जीवन अझ कठोर बनेर गइरहेको छ। सिमित आयका कारण चिया श्रमिकहरूको जीवनस्तरमा सुधार आएको छैन। आजको महॅंगाईमा चिया श्रमिकहरूले दैनिक रु. 67 मात्र रोज पाउँछन्। यसबाहेक बगानबाट पाउन पर्ने अन्य सहुलियतहरू पनि नियमित नपाउँदा जहिले पनि चिया बगानमा भित्री आगो दन्किरहेको हुन्छ। विगत डेढ सय वर्षदेखि चिया कमानमा सङ्घर्ष गर्दै आएका श्रमिकहरूको जीवनस्तर बढ्न सकेको छैन। अहिलेसम्म पनि उनीहरूको नाममा जमीनको लाल पूर्जा छैन।
श्रमिकहरूको अन्तहीन संघर्षले श्रमिक सङ्गठनहरूकै इमान्दारितामाथि पनि धेरैपल्ट प्रश्न उठेको छ। देशमा दिन प्रतिदिनको महॅंगाईलाई केन्द्रित गरेर राज्य र केन्द्र सरकार अधिनस्थ कर्मचारीहरूको वेतनमा वृद्धि भयो। तर चिया बगानका श्रमिकहरूको रोजमा वृद्धि हुनसकेन। यी श्रमिकहरू न त राज्य, न त केन्द्र सरकार अधिनस्थ छन्। उनीहरू निजी कम्पनीका मालिकहरू अधिनस्थ छन्। यी श्रमिकहरूको दैनिक रोज पनि राज्य र केन्द्रका कर्मचारीहरूको वेतन जसरी महॅंगाईलाई केन्द्रित गरेर वृद्धि गरिएको छ, त्यसरी नै वृद्धि गरिनुपर्छ भनी श्रमिक सङ्गठनहरूले माग गरेका छन्।
गत 1 अगस्तको दिन सिलगढी रेलवे कोलोनीस्थित आईएनटीयुसी हलमा श्रमिक सङ्गठनहरू मालिकवर्ग, राज्य सरकारको श्रम विभागमा रोज वृद्धिलाई लिएर त्रिपक्षीय वार्ता भएको कुरा गोर्खा जनमुक्ति मोर्चाको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका प्रचार-प्रसार सचिव मिलन प्रधानले बताएका छन्। उनले बताएअनुसार सो वार्तामा युनियनको पक्षबाट उपाध्यक्ष प्रेम निरौला, विनेश खपाड्गी, कार्यकारी सदस्य अनि तराई क्षेत्रका संयोजक हरिहर आचार्य उपस्थित थिए।
यसै विषयलाई लिएर हिजो सिंहमारीस्थित कार्यालयमा युनियन आन्तरिक आपतकालीन सभा भएको प्रधानले बताए। आउँदो 10 अगस्तको दिन रोज वृद्धिको विषयलाई लिएर सिलगढीमा फेरि अर्को त्रिपक्षीय वार्ता राज्यका श्रममन्त्री, मालिकवर्ग र श्रमिक सङ्गठनहरूमाझमा सम्पन्न हुनेछ। यता श्रमिक सङ्गठनहरूका दुइवटा संयुक्त मञ्चको-अर्डिनेशन कमिटी र डिफेन्स कमिटीले श्रमिकहरूका हितमा आन्दोलनको कार्यक्रम तयार पारेको छ। यी दुइवटा सङ्गठनबाट अलग्गै बसेर दार्जीलिङ-तराई-डुवसका सम्पूर्ण चिया बगानहरूका प्रबन्धकको कार्यालयमा आफ्नो काम सकेपछि धरना दिएर जुलूस गर्ने र नारा लगाउने कुरा प्रधानले बताए। प्रधानका कुराअनुसार चिया बगानका श्रमिकहरूलाई पनि वेस्ट बेंगल मिनिमम वेजेस एक्टमा अर्न्तभुक्त गर्ने माग युनियनले गरेको छ।
उल्लेखनीय छ, दार्जीलिङमा 87, तराईमा 41 र डुवर्समा 67 वटा चिया बगानहरू छन्। यी सबै चिया बगानका श्रमिकहरू वर्षोेंदेखि एउटा नयॉं बिहानीको प्रतीक्षामा छन्। उनीहरू साह्रै संघर्षपूर्ण जीवन बिताइरहेका छन्। धेरैवटा चिया बगानहरूमा पिउने पानी समेतको राम्रो व्यवस्था छैन। अहिले पश्चिम बङ्गाल सरकारको श्रम विभागले प्रत्येक श्रमिकहरूका घरमा पिउने पानी हुनुपर्छ भन्ने कुरामा दबाव दिँदैछन्। यसका साथै श्रमिकहरू घर सय प्रतिशत बनिएको हुनुपर्छ भन्ने कुरामा पनि दबाउ दिँदैछन्। यसलाई पश्चिम बङ्गाल सरकारले प्रलोभन देखाएको भन्ने कुरा प्रधानले गरे। सरकारले प्रलोभन देखाएको आरोप लगाउँदै उनले भने, 31 वर्षसम्म वामफ्रण्ट सरकारले चिया बगानका श्रमिकहरूको हितमा काम गरेको थिएन। गोजमुमोको प्रभावले पश्चिम बङ्गाल सरकार कॉंपेको छ। श्रमिकहरू राज्य सरकारको प्रलोभनमा आउने छैनन्।
|
|
|
|