Home

Archives

Samay Dainik Family

Important Phones

Advertisement

Other Newspapers

Contact Us

 चालक र टुर गाइड राज्यका दूत हुन्‌ ः मदन      सिक्किमका दुइ शिक्षकलाई राष्ट्रिय पुरस्कार      अस्थायी कर्मचारीको भविष्य अन्योलमय त नहोला!      स्वतन्त्रतासित पत्रकारिताको धर्म, मर्यादा र नैतिकता पनि हुनुपर्दछ ः एसडीएफ      सातवटा जल वितरण योजनालाई अनुमोदन      जडीबुटी ः राज्यवासीका लागि गतिलो आय-आर्जनको माध्यम बन्नसक्छ      आत्महत्या गर्न बाध्य हुनैपर्ने अवस्था छैन सिक्किममा      एक महिना आठ दिनव्यापी वितक चर्चाको समापन      माखादेखि लिङ्‌मो-लिङ्गी सडक मार्ग बन्द यथावत      एसएलएसएको एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न      रमानाजुल मुबारकको अवसरमा मुस्लिम धर्मावलम्बीले गरे नमाज अदा      तिन्तेक खण्ड विकास कार्यालयमा साक्षरता अभियान विषय सभा      शान्ति ज्ञान यज्ञ अनुष्ठान आयोजन गर्ने विषयमा सभा    

समाचार

 
 
 
   
 
 
   
 
 
 
Send News & Articles  
Correspondent Login  
 
   
 
 
   
 

Max. Temp.21:1oC
Min. Temp.18:6oC
Sunrise05:05 AM
Sunset18:09 PM
Rainfall11:7MM
 

2010-11 मुख्यमन्त्रीद्वारा सिक्किम विधानसभामा पेश गरिएको बजेट अभिभाषण

 

मुख्यमन्त्री एवं वित्त प्रभारी मन्त्री पवन चामलिङद्वारा 27 जुलाई, 2009-को दिन सिक्किम विधानसभामा पेश गरिएको बजेट अभिभाषण

ShowNews

 चालक र टुर गाइड राज्यका दूत हुन्‌ ः मदन

समय संवाददाता- गान्तोक, 04 सितम्बर। राज्य क्षमता विकास संस्थानले कर्फेक्टार दक्षिण सिक्किममा 4 सितम्बरको दिन चालक तथा टुर गाइडका प्रशिक्षणार्थीहरूको निम्ति दोस्रो दीक्षान्त समारोहको आयोजन गऱ्यो। समारोहमा विधायक मदन सिञ्चुरी मुख्य अतिथिका रूपमा उपस्थित थिए भने राज्य ग्रामीण विकास संस्थानका निर्देशक पेम्बा तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। समारोहलाई सम्बोधन गर्दै संस्थानका मुख्य प्रशासक एसडी ढकालले विभिन्न क्षेत्रमा युवाहरूलाई दक्ष बनाउने दिशामा राज्य सरकारका योजनाहरूबारे जानकारी गराउँदै संस्थानले प्रशिक्षणार्थीहरूलाई नोकसी सुनिश्चित गराउन विभिन्न कम्पनी तथा अन्य सङ्गठनहरूसित सम्पर्क बनाउने काम शुरु गरिसकेको जानकारी दिए। उनले नयॉं दिल्लीको इन्दिरा गान्धी राष्ट्रिय मुक्त विश्वविद्यालयसित भएको सम्झौतामाथि प्रकाश पार्दै राज्यका विभिन्न जीविकोपार्जन स्कूलका निम्ति पाठ्यक्रम तयार पार्न काम भइरहेको बताए। उनले राज्य जीविकोपार्जन स्कूल बोर्ड विषय जानकारी दिँदै यसको बैठक बसिसकेको अनि यसको अध्यक्ष मानव संसाधन विकास मन्त्री एनके प्रधान रहेको जानकारी दिए। बोर्डले स्कूलहरूको सञ्चालनमा विभिन्न मार्गदर्शन जारी गर्ने गरेको बताउँदै यसप्रकारको बोर्ड देशमै पहिलो रहेको बताए। बोर्डले प्रशिक्षणार्थीहरूको निरन्तर तथा विस्तृत परीक्षा लिने गरेको जानकारी पनि दिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक मदन सिञ्चुरीले युवा सशक्तिकरणका क्षेत्रमा राज्य सरकारको परिकल्पनामाथि प्रकाश पार्दै अनुशासित जीवन र सकारात्मक सोंचले मानिसको जीविकोपार्जन सुखद बन्ने बताए। उनले चालक र टुर गाइडलाई राज्यको दूत बताउँदै उनीहरूले राज्यका जनता, संस्कृति, धरोहर, पारम्परिक रीतितिथि, इतिहास र अन्य जानकारी साट्‌ने गर्छन्‌ भने। उनले संस्थानले अङ्‌ग्रेजी वाचनलगायत कम्प्यूटर शिक्षा सॅंगसॅंगै योग शिक्षा पनि उपलब्ध गराएकोमा खुशी प्रकट गरे। राज्यका युवाहरूलाई सशक्त बनाउन मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा सरकारले विभिन्न योजनाहरू र अवसर अघि सारेको बताउँदै युवाहरूलाई यसको लाभ उठाउन आग्रह गरे। उनले राज्यमा कार्यरत विभिन्न कम्पनी तथा ऊर्जा कम्पनीहरूलाई स्थानीय प्रशिक्षित मानव शक्ति आफ्नो संस्थानमा प्रयोग गर्न आग्रह गर्दै यस दिशामा सरकारसित सहमति भएको पनि जानकारी दिए। उनले यी कम्पनीहरूसित भएको सहमति पत्रलाई नेपालीमा अनुवाद गरी पञ्चायत स्तरसम्म पुऱ्याउनु पर्ने बताए। यस अवसरमा प्रशिक्षणार्थीहरूले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए भने डा. आईबीएस यादवले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन डा. नूतन सुब्बाले गरेकी थिइन्‌।

 सिक्किमका दुइ शिक्षकलाई राष्ट्रिय पुरस्कार

समय संवाददाता- गान्तोक, 04 सितम्बर। शिक्षण पेशालाई आफ्नो धर्म सम्झॅंदै दीर्घकालीन एवं अतुलनीय योगदान पुऱ्याउने देशका शिक्षकहरूलाई सम्मानित गर्ने क्रममा राष्ट्रपति श्रीमती प्रतिभादेवी सिंह पाटिलले सिक्किमका दुइजना शिक्षकलाई राष्ट्रिय पुरस्कारले सम्मानित गर्नेछन्‌। मानव संसाधन विकास विभागका सचिव आर तेलाङ्गले समय दैनिकलाई दिएको जानकारीअनुसार यस वर्ष राष्ट्रपतिले नाम्ची उच्चतर माध्यमिक विद्यालयका प्राथमिक शिक्षक तार्मिक लेप्चा अनि च्याखुङ उच्चतर माध्यमिक विद्यालयकी स्नातक शिक्षिका स्नेहलता गुरुङलाई भोलि राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति श्रीमती प्रतिभादेवी सिंह पाटिलले राष्ट्रिय पुरस्कारले सम्मानित गर्नेछन्‌। सम्मान ग्रहण गर्न यी दुवै शिक्षक नयॉं दिल्ली पुगिसकेका छन्‌। आज यी शिक्षकहरूले प्रधानमन्त्री डा. मनमोहन सिंहसित उनको सरकारी आवासमा भेट गरे। शिक्षक दिवसको पूर्व संध्यामा आफ्नो आवासमा राष्ट्रिय पुरस्कार विजेता शिक्षकहरूसित भेटघाट पनि उनीहरूलाई सम्बोधन गरे। प्रधानमन्त्री मनमोहन सिंहले शनिवार नयॉं दिल्लीमा राष्ट्रिय पुरस्कारले सम्मानित हुन गइरहेका देशभरिका शिक्षकलाई सम्मबोधन गर्दै भने शिक्षाको अधिकार (आरटीई) -लाई व्यापक राष्ट्रिय आन्दोलन बनाउनका लागि स्कूलको परिवेश भय, चिन्ता र आतङ्कबाट मुक्त हुनुपर्छ। कठोर सजायका केही घटनाले नानीहरूको मस्तिष्कमा गहिरा प्रभाव पर्ने बताउँदै प्रधानमन्त्री मनमोहन सिंहले भने आरटीई अधिनियममा मानसिक प्रताडना दैहिक दण्डमा प्रतिबन्ध गरिएको छ। मनमोहन सिंहले स्कूल जाने विचार आउँदा कुनै पनि नानीमा भय महसुस हुनु हुँदैनर स्कूलमा कुनै पनि जाति, लिङ्ग वा समुदायको आधारमा भय सिर्जना हुनुहुँदैन। प्रत्येक वर्ष 5 सितम्बरको दिन पूर्व राष्ट्रपति सर्वपल्ली राधाकृष्णनको जन्म जयन्तीको अवसरमा शिक्षक दिवस मनाइन्छभन्दै उनले भने कक्षामा अनुशासन बनाइ राख्ने सम्बन्धी मुद्दाको जवाब दार्शनिक कृष्णमूर्तिले दिएका छन्‌। कृष्णामूतिर्ले अनुशासन कायम गराउने सजिलो उपाय बताउँदै हरेक शिक्षकले हरेक नानीलाई पूरा ध्यान दिनुपर्छ, मदद गर्नुपर्छ। उनले शिक्षकहरूलाई प्रतिवान र समाजका बुद्धिजिवी बताउँदै आज गुणात्मक शिक्षाको विकासका लागि शिक्षकहरूको इमान्दार योगदानको आवश्यक छ भने। अर्कोतिर, राज्य सरकारले शिक्षक दिवसको अवसरमा 5 सितम्बरको दिन राजधानीको चिन्तन भवनमा एक विशेष कार्यक्रमको आयोजन गरेको छ। कार्यक्रममा राज्यका मुख्यमन्त्री पवन चामलिङ मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्‌ भने यस अवसरमा शिक्षकहरूलाई राज्य पुरस्कारद्वारा सम्मानित गरिनेछ।

 अस्थायी कर्मचारीको भविष्य अन्योलमय त नहोला!

मोहन लामा- दार्जीलिङ, 04 सितम्बर। गोर्खाल्याण्ड अटोनोमस अथोरिटी अर्थात्‌ अन्तरिम प्राधिकरण लागू भएपछि दार्जीलिङ गोर्खा पार्वत्य परिषद्‌ (दागोपाप)-मा कार्यरत अस्थायी कर्मचारीहरूको कस्तो व्यवस्था हुनेछ? यसैले यी सम्पूर्ण कर्मचारीहरूलाई अन्तरिम प्राधिकरण लागू हुनअघिनै स्थायी गराइहाल्नु पर्छ। आज यसै प्रश्नका साथै माग लिएर दागोपापका अस्थायी कर्मचारीहरूले दागोपापको स्वास्थ्य विभागीय सचिव डब्लु जिम्बा अघि धरना दिए अनि यसबारे एक ज्ञापन पनि बुझाए। दागोपाप गठन भएदेखिनै अस्थायी कर्मचारीका रूपमा कार्यरत यी अस्थायी कर्मचारीहरूले सरकार पक्षबाट लिखित रूपमा स्थायीकरणको आश्वासन पनि पाएकै हुन्‌, लगभग 6 हजार कर्मचारीहरूमध्ये प्रथम चरणमा 3472 जनलाई स्थायी बनाउने छिनोफानो पनि भएकै हो। तर उनीहरूको यो स्थायीकरणको सपना आजसम्म पूर्ण हुन सकेको छैन। तर यसैबीच, वर्तमान दागोपापको ऐनलाई खारेज गरेर प्रस्तावित अन्तरिम प्राधिकरण लागू गराउनेबारे केन्द्र, राज्य सरकार र गोर्खा जनमुक्ति मोर्चामाझ वार्ता भइरहेको कारण यी अस्थायी कर्मचारीहरूको चिन्ता अझ बढ्‌न थालेको हो। दागोपाप ऐन खारेज हुनसाथ कतै अस्थायी कर्मचारीहरूको भविष्य पनि अनिश्चित त हुने होइन? नयॉं अन्तरिम प्राधिकरणमा नयॉं नै नियम र कानूनहरू लागू हुने होइन? तब दागोपापमानै अस्थायी कर्मचारीको रूपमा 21 वर्ष खर्चेको आफ्नो सेवाको मूल्याङ्कन सही रूपले हुन सक्ला? जस्ता प्रश्नहरूले अहिले यी अस्थायी कर्मचारीहरूलाई पिरोलिरहेको छ। यसैले पनि आफ्नो मन शान्त बनाउन साथै सरकारमाथि चाप सृजना गर्न आज यी अस्थायी कर्मचारीहरूले दागोपापको स्वास्थ्य विभागीय सचिव अघि धरना दिए। यसबारे जनमुक्ति अस्थायी कर्मचारी सङ्गठन (जअकसं)-का महासचिव अनिल राईसॅंग सोद्धा उनले भने, आज विशेष दागोपापका सम्पूर्ण अस्थायी कर्मचारीहरूलाई स्थायी गराउनुपर्छ भन्ने एक सूत्री माग लिएर स्वास्थ्य विभागीय सचिवलाई धरना दिइएको हो। हाम्रो प्रश्न यहीं हो, दागोपाप ऐन खारेज भएर अन्तरिम प्राधिकरण गठन भएपछि अस्थायी कर्मचारीहरूको कस्तो व्यवस्था हुनेछ। यसमा स्वास्थ्य विभागीय सचिवले आफ्नो पक्षबाट आवश्यक पहल गरिरहेको र जिल्लाशासकले पनि यसमाथि लगातार राज्य सरकारसॅंग सम्पर्क बनाइरहेको जानकारी दिएको जनाए भनी राईले बताए। यद्यपि, यो समाचार लेख्दासम्म अस्थायी कर्मचारीहरूको धरना जारी थियो।

 स्वतन्त्रतासित पत्रकारिताको धर्म, मर्यादा र नैतिकता पनि हुनुपर्दछ ः एसडीएफ

गान्तोक, 04 सितम्बर। राजनैतिक वक्तव्य दिने खेताला र श्रोतहरू खोजेर स्थानीय एक नेपाली दैनिकले राजनीतिको अस्ताचलमा पुगेका खडानन्द उप्रेतीलाई कोट गरेर, घरि पार्टी स्थापना भएको हप्ता दिनमै राजनैतिक बसाईं सर्ने ललित शर्मालाई कोट गरेर सिक्किमको जीवन्त प्रजातान्त्रिक सरकारलाई \"तालीवानी फर्मान\' दिन्छ भनी आरोप प्रकाशित गर्दै आएको छ भन्दै सत्तारूढ एसडीएफ पार्टीले आपत्ति जनाएको छ। सिक्किमका लोकसभा सांसद तथा पार्टीका प्रवक्ता प्रेमदास राईले बढो विवेकपूर्वक शालीन भाषामा तालीवान शब्दको अर्थ खुलाई दिएर यस्तो अभद्र आरोप प्रकाशनको पार्टीको तर्फबाट पार्टीको पक्षमा प्रतिवाद गरेका थिए। उक्त समाचार पत्रले आफ्नो पीत पत्रकारिताको प्रामाणिकतालाई जारी राख्दै फेरि ललित शर्मा नामक व्यक्तिलाई कोट गरेर फेरि त्यही \"तालीवान\' शब्द दोहोऱ्याएको छ। एसडीएफ पार्टी अफगानिस्थानको अतिवादी संस्थाको विशेषण हाम्रो राज्यमा प्रयोग गरेकोमा प्रजाशक्तिका सम्पादकको यस मनमानीपूर्ण कुकृत्यको घोर निन्दा र भर्त्सना गर्दछ। यसका साथै उक्त पत्रिकाका सम्पादकलाई सिक्किमको बेइज्जत गर्नलाई मात्र आफ्नो कलम नचलाई दिने आग्रह गर्दछ। किनभने यस किसिमका अभद्र र राज्य र यसका शान्तिप्रिय जनताको बेइज्जत हुने कुरा अरू कुनै समाचार पत्रले प्रकाशित गरेका छैनन्‌। प्रजाशक्ति समाचार पत्र छाप्न र प्रकाशन गर्न र बिक्री वितरण गर्नमा यसका सम्पदाक, प्रकाशक स्वतन्त्र छन्‌ तर त्यस स्वतन्त्रतासित पत्रकारिताको धर्म, मर्यादा र नैतिकता पनि हुनुपर्दछ भन्ने पार्टी ठान्दछ। जहॉंसम्म पार्टी अध्यक्ष पवन चामलिङले आफ्ना नम्बरहरू सार्वजनिक गरेको प्रश्न छ, यो भारतका अन्य कुनै मुख्यमन्त्रीले अहिलेसम्म सार्वजनिक गर्ने साहस नगरेको अभूतपूर्व जनहितको पहल हो। ललित शर्मा स्वयं पनि सिक्किमको नव-निर्माण र सिक्किमेहरूको कल्याणको निम्ति मुख्यमन्त्रीलाई कुनै निवेदन गर्न चाहन्छन्‌ भने स्वतन्त्र छन्‌ तर उनको छुसी प्रवृत्ति देख्दा उनको सोंच सकारात्मकतारित छैन। ज्ञातव्य, मुख्यमन्त्रीले गत वर्ष र भर्खरै पनि आफ्नो निजी मोबाइल नम्बर सार्वजनिक गरेपछि हजारौं मानिसहरूले, विद्यार्थीहरूले उनलाई फोन गरिसकेका छन्‌ भनी महासचिव प्रचार-प्रसार टीएन शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

 #Post your comment

1234
   
 
 
 
   

 
   

 
 

Copyright : Samay Dainik, Sikkim Daily News Paper, Tadong, Gangtok East Sikkim Email: samaygtk@yahoo.com>

Maintained by Dipendra Dewan, Contact 98325 67244/9002009155; Email: dip_dewan@yahoo.com

powered by : Rumtek Technologies